Posted by: Birkhe_Maila January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

नानिबाबु हो, आजको कक्षामा बिर्खे गुरुबाले अघि सोधिएको प्रश्नहरु मध्ये प्रश्न नम्बर ६ र ७ को ब्याख्या गर्नुहुने छ। ध्यान दिएर सुन है त।


६) अनुक्रमानुपाती:


अनुक्रम भनेको एकै किसिमको क्रममा आउनु हो। भन्नाले, कुनै एउटा मिलेको क्रममा आऊनु अर्थान अंग्रेजीमा 'सिक्वेन्स' मा आउनु भन्ने बुझिन्छ। त्यस्तै, अनुपात भन्नाले अंग्रेजीमा  'प्रपोर्सन' हो। अब माथिको शब्दको व्याख्या गर्न तिर जाउँ- 'अनुक्रम+अनुपात' = 'अनुक्रमानुपात'। अब यसमा यस्तो हुँदै जाने जनाऊन 'पाती' थपिन्छ र अनुक्रमानुपाती बनाइन्छ। यसलाई अंग्रेजीमा समग्रमा 'डाइरेक्ट्ली प्रपोर्सनल' भनिन्छ। उदाहरण: खुसि नानीले चौतारीमा पोस्ट गर्नु संग अल्लारे ठिटाहरुको चौतारीमा पोस्ट गर्ने संख्या बढ्नु अनुक्रमानुपाती हुन्छ। अर्थात, जति धेरै खुसि नानीले पोस्ट गर्छिन त्यतिनै धेरै अल्लारे ठिटाहरुको चौतारीमा पोस्ट बढ्छ।


७)मणिभीकरण:


मणीभ भनेको कुनै ठोस वस्तु आफ्नै स्वस्च्छन्द स्वरुपमा मिलेर बसेको ठोसको अवश्थालाई जनाइन्छ। अंग्रेजीमा यसलाई 'क्रिस्टल' भनिन्छ। 'करण' भन्नाले बन्ने प्रकृयालाई जनाउँदछ। तसर्थ; मणिभिकरण भन्नाले अंग्रेजीमा 'क्रिस्टलाईजेसन' भन्ने बुझिन्छ।


ल घन्टि लाग्यो अब तिमिहरु टिफिन खान जाऊ!


टिन.... टिन... टिन ...टिन...

Read Full Discussion Thread for this article