Posted by: Rahuldai January 21, 2010
लोकराज बरालका कुरा
Login in to Rate this Post:     0       ?        

चना दाई,


लोक राज बराल को हुन भन्ने बारे मैले संभवत ब्यक्तिगत कुराकानी मै भनि सकें जस्तो लाग्छ र सार्वजनिक फोरम शायद भन्न अली अप्ठेरो नै हुन्छ। त्यसैले पनि डा बराल को भनाइ उतै दूर नियन्त्रक को बोली बोलेको जस्तो लाग्छ मलाई ।
 
२०५२-५४ साल तिर संबिधान सभा मानेको भए- पनि देशको दुर्गति रोकिने थिएन। संबिधान त्यस्तै बन्थ्यो, अझ राजा तगारो त छदैथ्यो। जनमोर्चा को हालत त्यही हुन्थ्यो। भित्ते काण्ड हुन्थ्यो। जंगल जान्थ्यो । प्रचन्ड लगायतका सैताने दिमागमा अधिनायकबादी जन-गणतन्त्र नै थियो।


 पिछडिएका - आँफै पिछडिएका हुन कि अरु कारण हरुको मानसिक हिनता र असफलताले खजमिजिएको दिमागहरुलाइ उनेर राजनीति गरेको हो माओवादीले र संघियता तिनै को प्रतिफल हो। हिजो संघियताको शब्द नै सुन्न नचाहनेहरु पनि संघियता नाम रुपी हात्तीको पछी पछी सुमसुम्याउन भोट् को राजनीतिले वाध्य गरेको छ । संघियता हुंदैन भन्ने बित्तिकै राजनीति गर्ने पार्टीले गुण्टा कसे हुन्छ अहिले को नेपाल मा। बुझ्ने भन्दा नबुझ्ने १० गुणा भाको देश हो हाम्रो नेपाल। सबै पार्टी लाई आन्तरिक र बाह्य खिचातानीमै अल्मलाउन माओवादी सफल भएको छ र संघियताको बारेमा एथेष्ट गृहकार्य गर्न कसैले सकेको छैन। अजब देशको गजब चाला। पुग न पुग ३ महिना पनि छैन, संबिधान जारी गर्न, कसैलाई हतार छैन। दिन दिनै संसद अबरुद्ध छ । सत्ता बच्चाउने र सत्ता चाहनेको खिचातानी मै ब्यस्त छन। बिदेशी प्रभू को कठपुतलिहरु कै नौटंकी ज्यादा छ । हामी कींकर्तब्यबिमूढ चुपचाप् छौ ।
 

Read Full Discussion Thread for this article