Posted by: chanaa_tarkaari January 21, 2010
लोकराज बरालका कुरा
Login in to Rate this Post:     0       ?        
जिटि जु, छोटकरिमा बिचार राख्दैछु, ढीलाइको लागि माफ दिनु होला, 
"सबै रोगहरुलाई निर्मुल पर्ने  एक मात्र सन्जीवनी बुटिको रुपमा संघियता" - मैले संघियता-पक्षधरहरुबाट यस्तो सुनेको छैन, तर विरोधिहरुले संघियताले समस्या समाधान गर्न सक्दैन भन्ने तर्क राख्ने क्रममा "एक मात्र सन्जीवनी बुटि" हैन भन्दा भन्दा साँच्चै संजिवनी बुटी नै हो कि जस्तो भान पर्न गएको मात्र हो । संघियता संजिवनी बुटी हैन, तर उपलब्ध उपायहरुमध्ये उत्तम चाहि हो, अहिलेको लागि यसको मतलब संघियताले राम्रै राम्रो मात्र गर्छ भन्ने हैन भन्ने स्वयमसिद्ध छ नि ।

"माओवादीले एक पछी अर्को गर्दै जातिय राज्यहरु घोषणा गरें " - जबर्जस्ती गरेको घोषणा बेठिक हो भन्छु म पनि, तर नेपालको राजनीति जबर्जस्तीले नै घिच्याउदै घिच्याउदै यहाँसम्म आइपुगेको हो नि । ०५२-०५४ सालतिरै अहिले आफुलाइ लोकतन्त्रको मसिहा भन्ठान्नेहरुले संविधान सभाको चुनाव मात्रै स्वीकारेको भए पनि १५००० निर्दोष मानिस मारिने थिएनन कि?

"जातिय संघियताको अबधारणा बोकेर धेरै नेपाली बुद्दिजिबीहरु हिडिरहेका छन् त्यसमा चाँही मलाई अलीकती पनि चित्त बुझेको छैन" - अबधारणा बोक्नु वा वकालत गर्दै हिड्नेलाइ हिड्न दिनु पर्छ, आज चित्त नबुझेपनि बिचारमन्थन प्रक्रियामा गयो भने फाइदा बेफाइदा थाहा हुँदै जान्छ । संघिय संरचनाले देशै टुक्राउँछ, हुँदै हुँदैन भन्नेहरु अहिले १४ प्रदेशको खाका आधिकारीक रुपमा अगाडि आएपछि पनि देश टुक्रने लक्षण कतै नदेखेर चुप लागेकै छन । 

"हाम्रा सामाजिक बिश्लेषकहरुको आँखा भने साउनमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ भने झैं यी सारा समस्याको जड जातियता असन्तुलन मात्र देख्छन्।" - जातिय (जातिय भन्नाले कस्तो जातिय भनेको हो त्यो प्रष्ट छैन, तैपनि मैले त्यहि टिपे अहिलेलाइ) असन्तुलन, भाषिय असन्तुलन, साँस्कृतिक असन्तुलन, आर्थिक असन्तुलन, राजनीति असन्तुलन, क्षेत्रिय असन्तुलन, भौगोलिकिय असन्तुलन, जनसंख्यीय असन्तुलन, लैंगिक असन्तुलन, साम्प्रदायिक असन्तुलन, धार्मिक असन्तुलन आदि अनेक आधारमा बिश्लेषणहरु हुँदै नभएको हैन । यी मध्ये कुनै एकलाइ जड हो, अरुलाइ हाँगाविँगा मात्र हो भन्ने यथेष्ट आधार पनि छैन । तर राजनीतिमा हुर्केबढेका बिसंगति तथा बहुसंख्यक समस्याको जड चाहि जातीय र भाषिय असमानता हो भन्ने मेरो बुझाइ हो ।

"कुनै एक जाति बिशेषको नाममा संघिय राज्य घोषणा गरेपछी त्यस राज्यमा बस्ने अरु जातिका मान्छेहरु माथि भेदभाब भएको होइन वा हुँदैन भन्ने कुरा कसरी मान्नसकिन्छ?" - यो अति जरुरी बहसको बिषय हो । हरेको संघिय राज्यले आ-आफ्ना राज्यको राज्य संचालन नीति तथा अवधारणा सार्वजनिक नगरी यसमा टिप्पणी गर्न सकिन्न, वा गरेपनि अर्थ रहन्न । यसमा गृहकार्य कसले गर्ने, वर्तमान संविधान सभाले नै ती नीतिहरु तर्जुमा गर्ने कि, स्वतन्त्र बुद्धिजिविले गर्ने कि, पार्टी पार्टी मिलेर गर्ने कि, त्यो मामिलामा म स्पष्ट छैन । तर नेपालमण्डलको सन्दर्भमा भने डिसेम्बर २६ घोषणाले एउटा मोटामोटी खाका तयार गरेर सार्वजनिक गरेको छ, जुन धेरै हदसम्म समावेशी र बहुलभाषा समुदाय र संस्कृतिलाइ स्वीकार्ने प्रकृतिको छ, आप्रवासी तथा अल्पसंख्यक जाति समुदायहरुलाइ समेट्ने तथा भेदभाव हुन नदिने नीतिहरु उल्लेख छ । अन्य संघ वा केन्द्रीय सरकारले पनि त्यसको सिको गर्न सक्दछ ।

"अहिलेको समयमा जस्तो जातिय गाली गलौजले भरिएको लेखहरुको बाढी साझामा कहिले पनि आएको थिएन होला" - म त्यस्ता गालीगलौजहरुमा चासो राख्दिन, अबिबेकिहरु गालिगलौजमा उत्रने हुन, बिबेकिहरुले त किन आक्रोशित बनेछन त भनेर बुझ्ने प्रयास गर्छन । तपाइ जस्तै ।

"जस्तो सुकै मोडेल लागु गरे पनि जातियता आधारित मोडेल चाँही लागु गर्नुहुँदैन।" - जातिय मोडेल मात्रै चाहिन्छ भन्दिन म, जहाँ जुन मोडेल उपयुक्त छ त्यहि टिप्नु पर्छ । कतै भाषिय होला, कतै भौगोलिय होला, कतै जातिय होला, नेपालै भरी एउटै मोडेल सदाबहार लागु हुन्छ भन्न कसरी मिल्ला ?

"ठुलो भनिएको मान्छेले बोल्दैमा त्यो बोली ठुलो हुने होइन, बोलिमा कत्तिको सत्यता छ त्यस्ले बोलीलाई ठुलो बनाउँछ, अझ त्यो भन्दा पनि कुनै कार्यको बिषयमा बोलिएको भए त्यो कार्य पुरा भए पछी मात्र त्यो बोलीलाई महान भन्न सकिन्छ।" - सहमत, माथि चढेर गति छाड्नेहरु बग्रेल्ति भएको समाज हो हाम्रो, त्यसैले सिनियर भन्दैमा टाउकामै बोक्नु पर्छ भन्ने छैन । लोकराज बरालको वर्तमानप्रति म अनभिज्ञ नै छु, बिगतमा चाहि बिबिध जिम्मेवारी सम्हालेका मानिस हुन, शायद त्रिविका प्राध्यापक, राजदूत, तथा विभिन्न दूरगामी महत्त्वका आयोग नियोगहरुमा योगदान दिएका ब्यक्ति हुन जस्तो लाग्छ । थाहा गर्न खोजे सकिन्छ ।

Arahat Ju,
It is easy to list out problems and express cynicism. I am interested to know your opinion what would then work if not federalism? Shall we just continue what we have at present or bring back the king? or what sort of democracy that would work out?

Narayangarh suburb Ju,
शैक्षिक योग्यता दिने कि शिक्षा ? बाबुरामले त एकपल्ट वाइसियललाइ मास्टर डिग्री दिने समेत भनेका थिए, त्यस्ता योग्यताको के काम ? पढेर मात्रै हासिलगरेको योग्यताको पनि काम छैन । मैले नेपालका बुद्धजीवि भनाउदाहरु बेश्या हुन भन्दियाथेँ एकपल्ट । किन कि जसको सरकार आउँछ, त्यसैको चाकडी बजाउन तँछाडमछाड गर्ने बुद्धिजीविहरु छन नेपालमा, तिनीहरुको शैक्षिक योग्यता त मागि खाने भाँडो मात्रै । त्यस्ता शिक्षितहरुको काँध टेकेर नेताहरुले भ्रष्टाचार गर्छन, हो कि हैन ? नेपालमा भ्रष्टाचार गर्ने मान्छे एकजना अशिक्षित देखाउन सक्नु हुन्छ ? देश खोक्रो बनाउनेहरु सब शिक्षित भनाउदा ढोंगीहरु हुन ।

मेरो बिचारमा नेपालीलाइ आफ्नो विवेक प्रयोग गरेर स्वतन्त्र निर्णय लिनसक्ने क्षमता बिकास गराउने शिक्षा दिनु पर्छ, अहिलेको जस्तो घोकन्ते विद्या, चाकडी बजाउन प्रयोग हुने टपरटुइया बुद्धी दिने र बिदेशीको भरीया बन्ने शिक्षाको काम छैन । 
 
Read Full Discussion Thread for this article