Posted by: _____ January 20, 2010
"Thopa thopa pani le samudra bancha"
Login in to Rate this Post:     0       ?        
Some posting in sajha implies our oil, salt, vehicles comes from India, Nepal is nothing and nepal has nothing. They furthur go saying hey "dhoti vayena vaney US ma pani Nepali haru marcha so why dhoti ko biroodh?'
These people forget that favoroing Nepal doesn't mean opposing India. These ppl also forget that US also gets most of the things from China and energy  from Middle East, does that mean that US is indebted to Middle East and China? and it should bow to  China and Middle East??

following is a very good article. Please read


तुलानारायण साह,


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बानेश्वरमा
आयोजित आमसभाबाट भारतलाई सीधासीधा ललकारे । त्यसको केही दिनपछि माओवादीले
आफ्ना नेताहरू नेपाल-भारतबीच सीमा विवाद भएका ठाउँमा जाने निर्णय गर्‍यो ।
त्यही अनुसार गतसाता माओवादी नेताहरू कोही पशुपतिनगर त कोही सुस्ता, कोही
खुर्दलौटन त कोही टनकपुरजस्ता सीमा क्षेत्र पुगेर भारतविरोधी भाषण गरे ।


माओवादी अध्यक्ष प्रचण्डका केही दिनयताका भारतविरोधी अभिव्यक्तिहरूबाट दुई
छिमेकको मित्रतामा निकै नै तिक्तता उत्पन्न हुन लागेको आभास हुन्छ ।
प्रचण्डका अभिव्यक्तिलाई वामपन्थी पृष्ठभूमिका नेताहरूले आफ्नै विगतका
क्रियाकलापलाई बिर्सिंदै उग्र-अन्धो राष्ट्रवाद भनेर प्रतिक्रिया दिएका
छन् भनेे कतिपय दक्षिणपन्थी र प्रजातन्त्रवादी नेताहरूले उनको
जनयुद्धकालको भारतसँगको सम्बन्धको स्मरण गराउँदै सत्ताका लागि आत्तिएको
आरोप लगाएका छन् । नेपाल-भारत सम्बन्धमा सर्वाधिक लामो र तीतो-मीठो दुवै
प्रकारको अनुभव सँगालेका कांग्रेस सभापति गिरजिाप्रसाद कोइरालाले भने यस
विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । तथापि, कोइरालाको मौनतालाई आ-आफ्नै
किसिमले व्याख्या गर्न प्रशस्त आधार र अनुभवहरूबाट हामी कोही पनि अनभिज्ञ
छैनाँै ।


तीनतिरबाट भारतले घेरएिको नेपालका आर्थिक एवं व्यापारकि कारोबार अहिले पनि
उसैमाथि अत्यधिक निर्भर रहेको कुरामा विवाद छैन । १ हजार ७ सय ५१ किलोमिटर
साझा खुला सीमा रहेको दुई देशबीचको व्यापार घाटा १ खर्ब २२ अर्ब रहेको
तथ्यांकले नेपालको भारतमाथिको निर्भरताको झन् स्पष्ट तस्िबर देखाउँछ ।
यस्तो अवस्थामा माओवादी अध्यक्ष प्रचण्डले भनेकोे समानतामा आधारति
भारतसँगको सम्बन्ध र 'नेपाललाई कसैले हेप्ने कोसिस नगरोस्' भन्नेजस्ता
प्रसंगहरू केवल आवेगमा आएर मात्र बोलिएको हो कि यसको कुनै आधार पनि तयार
भएको छ, नेपाली समाजमा ?


शब्दभन्दा पनि आशयतर्फ जाने हो भने प्रचण्डको बोलीको अर्थ विगत छ दशकको
स्वतन्त्र भारतसँगको नेपालको सम्बन्ध र यस अवधिमा नेपाली समाजमा
प्रत्यक्ष-अप्रत्यक्ष रूपमा भएका परविर्तनहरूको सेरोफेरोमा खोज्ने प्रयास
गर्नुपर्छ । यसका लागि नेपाल-भारत सम्बन्धको दुई खण्डको लेखाजोखा हुनु
जरुरी छ । एउटा, भारतका जवाहरलाल नेहरूदेखि चन्द्रशेखरसम्मको द्विपक्षीय
सम्बन्धको युग र अर्को चन्द्रशेखरको अवसानपछि राहुल गान्धीको इन्डियासँग
नेपालको सम्बन्धको युग ।


प्रचण्डको हालैको अभिव्यक्तिका बारेमा विभिन्न कोणहरूबाट
शास्त्रीय/सैद्धान्तिक चिन्तन एवं विश्लेषणहरू आइरहेका छन् र आउने छन् ।
तर, गएको २० वर्षको मात्रै नेपाली राजनीति र नेपाल-भारत सम्बन्धलाई
केलाउने हो भने केही सामान्य व्यावहारकि एवं सामाजिक अवलोकनहरू प्ानि
चाखलाग्दो हुनसक्छ । नेपाल-भारत सम्बन्धमा नयाँ आयाम खोजिनुमा त्यस्ता
कुराले पनि महत्त्व राखेको देख्न सकिन्छ ।


नेपालमा खुला राजनीति सुरु भएको गएको ६० वर्षलाई नियाल्दा दुई देशबीच केही
खास कुराहरूले महत्त्व राखेका छन् । हामीकहाँ विसं २००७ को प्रजातान्त्रिक
आन्दोलनअघि भारतमा स्वतन्त्रता आन्दोलन चलेको थियो, जसमा नेपालका
युवाहरूको सक्रिय सहभागिता थियो । तत्कालीन अवस्थामा नेपाल पूर्णरूपेण
शिक्षा, स्वास्थ्य, प्रविधि र अर्थमा भारतप्रति निर्भर थियो । त्यसकारण
नेपाली समाजका अगुवाहरूको भारतमा आवतजावत बढी हुने भएकाले, तिनीहरूसँगको
सत्संगका कारण राजनीतिक गतिविधि र सम्बन्धमा भारतका तत्कालीन
आन्दोलनकारीहरूसँग हेलमेलको छाप पाइन्थ्यो ।


तत्कालीन अवस्थाको नेपाल-भारत सम्बन्धको राजनीतिक आयाम त्यस्तो रहे पनि
हाम्रा आफ्नै सामाजिक समस्याहरू प्ानि थिए । जस्तो- नेपालमा एउटा पनि
विश्वविद्यालय थिएन । स्वाभाविकै हो, संविधान बनाउने कुनै ज्ञाता थिएनन् ।
भारतको पटना विश्वविद्यालय अन्तर्गत नेपालको त्रिचन्द्र कलेजको जाँच
हुन्थ्यो । देशभरमिा जे जति स्कुल-कलेज थिए, ती सबै भारतीय शिक्षकहरूमा
आश्रति थियो । धार्मिक एवं सांस्कारकि कारणले नेपालीहरू वनारस बस्ने चलन
थियो । शिक्षादीक्षाका लागि पनि वनारसमाथिको निर्भरता धेरै थियो । नेपालमा
प्रविधि एवं यातायातको विकास भएको थिएन । भारतीय प्रान्तहरू उत्तरप्रदेश,
विहार र पश्चिम बंगालमा आर्थिक गतिविधि, सडक सञ्जाल, स्वास्थ्य सुविधा एवं
प्रविधिमा नेपाल पूर्णरूपेण आश्रति थियो । नेपालकै एक ठाउँबाट अर्को ठाउँ
पुग्नका लागि भारतीय भूमि प्रयोग नगरी हुँदैनथ्यो । त्यसैकारण उत्तर
भारतमा सडक र रेल्वे पुगेको र बजार विकास भएको छेउछाउको नेपाली भूभागमा
बजारहरू बसेका थिए । जस्तोः भारतको जोगवनीको छेउमा विराटनगर, जयनगरको
छेउमा माडर, भीटामोडको छेउमा जलेश्वर, बैरगनियाको छेउमा गौर र रक्सौलको
छेउमा वीरगन्ज, रुपैडियाको छेउमा नेपालगन्ज, सुनौलीको छेउमा भैरहवा,
टनकपुरको छेउमा महेन्द्रनगरजस्ता सहरहरू बसेका हुन् ।


त्यतिबेला नेपालको अर्थतन्त्र केवल कृषिमा आश्रति थियो । बाहिरबाट काम
गरेर पैसा आर्जन गर्ने उपाय भनेको भारतमा गएर मजदुरी अथवा व्यापार गर्नु
हुन्थ्यो । नेपालीहरूलाई शिक्षा लिनका लागि भारतको अंग्रेजकालीन
पूर्वाधारको लाभ लिनुको विकल्प थिएन भने पत्रपत्रिकाका लागि पनि दिल्ली,
कलकत्ता, पटना, लखनउमाथि निर्भरता थियो ।


तर, ६० वर्षमा नेपाली समाजका कतिपय पक्षहरूमा आमूल परविर्तन भएको छ ।
राजनीतिक प्रणालीहरू जेजति प्रजातान्त्रिक/अप्रजातान्त्रिक भए पनि यस
अवधिमा शिक्षाको विस्तार एवं विकास उल्लेखनीय भएको छ । दुई दशकअघिसम्म
केवल एक मात्र विश्वविद्यालय रहेको नेपालमा आज छवटा विश्वविद्यालय
सञ्चालित छन् । ०४६ अघिसम्म एक मात्र इन्जिनियरङि् कलेज -त्यो पनि ४०-५०
जना बीई पढाउने क्षमताको) रहेको हाम्रो मुलुकमा आजको मितिमा कम्तीमा ३०
वटा इन्जिनियरङि् कलेज सञ्चालित छन् र बर्सेनि चार हजार इन्जिनियर -बीई)
उत्पादन भइरहेका छन् । दुई दशकअघिसम्म एउटा मात्र मेडिकल कलेज थियो भने आज
त्यसको संख्या १४ पुगिसकेको छ । चारवटा स्वास्थ्य विज्ञान अध्ययन
प्रतिष्ठानहरूले उच्चस्तरीय स्वास्थ्य सुविधा र अन्तर्राष्ट्रियस्तरका
चिकित्सक उत्पादन गररिहेका छन् । के विगत छ दशकमा भएको यो शैक्षिक
परविर्तनले नेपाली समाजको सोचाइ, व्यवहारमा कुनै परविर्तन ल्याएको छैन ?


कुनै बेला नेपालको एक छेउबाट अर्को छेउमा पुग्नका लागि भारतीय भूमि एवं
सडकको प्रयोग नगरी हुँदैनथ्यो । तर, आज नेपालमा १८ हजार ८ सय २८ किलोमिटर
सडक छ, जसमध्ये गएको ३० वर्षमा मात्रै १५ हजार किमिभन्दा बढी सडक बनेको
छ । नेपालको पूर्वबाट पश्चिम पुग्नका लागि भारतीय भूमि टेक्नैपर्ने
बाध्यता कि त समाप्त भएको छ कि त अत्यन्त नै न्यून भएको छ ।
सूचनाप्रविधिको अवस्थामा त झन् बढी परविर्तन भएको छ ।


हिजोका दिनमा जहाँनिर नेपाली श्रमशक्ति भारतमा मात्र निर्भर थियो,
त्यहीँनिर आज खाडी मुलुकहरू, मलेसिया, अमेरकिा, युरोप र अस्ट्रेलियासम्म
नेपालीहरू आफ्नो सीप देखाइरहेका छन् । हिजोसम्म हाम्रो अर्थतन्त्र केवल
परम्परावादी कृषिमा आश्रति थियो, आज विदेशबाट आउने रेमिट्यान्समा आश्रति
हुन पुगेको छ । नेपाली समाजको बाहिरी दुनियाँसँगको सम्पर्क, शिक्षा आर्जन
र रोजगारको सवालमा पनि आमूल परविर्तन भएको छ । केही वर्षअघिसम्म उच्च
शिक्षाका लागि भारतका प्रतिष्ठित प्रतिष्ठानहरू नेपालीहरूको सपनाको कुरा
हुन्थ्यो । छात्रवृत्ति पाउनका लागि लैनचौरस्िथत भारतीय दूतावासमा भनसुन
गर्न समय खर्चने नेपाली युवाहरूले आजको मितिमा बेलायत, अमेरकिा, क्यानाडा,
अस्टे्रलियाजस्ता मुलुकहरूमा सजिलै पढ्ने र काम गर्ने अवसर पाउन थालेका
छन् । हिजो भारतीय दूतावासमा भनसुनका लागि आत्मग्लानिका साथ नेताहरूको घर
चहार्ने युवापुस्ता हिजोआज पूरापूर आत्मविश्वास र जाँगरका साथ जीआरई,
टोफेलको कोचिङ् कक्षा तथा एजुकेसन कन्सलटेन्सी जान्छन् ।


परविर्तनको यो गति हेर्दा विगत २० वर्ष नेपालका लागि कुनै पनि हिसाबले
कमजोर रहेको मान्नै सकिँदैन । यसरी समाजमा भौतिक विकास मात्र भएको छैन,
यसले समाजको सोचाइ, व्यवहार, शैलीमा पनि परविर्तन ल्याएको छ । यहाँनिर
हामीले फेर िबिर्सन हुन्न कि नेपाली समाजमा भइरहेका यस्ता परविर्तनहरूमा
भारतको पनि ठूलो योगदान रहेको छ र त्यस्ता परविर्तन नेपालभन्दा भारतमा बढी
भएको छ । तर, नेपाली समाजको यो दृश्य/अदृश्य परविर्तनलाई भारतको नोकरशाही
तप्का, जसले नेपाल नीति निर्माणमा वर्चस्व कायम गरेको छ र नेपाली समाजको
दैनन्दिन गतिविधिमा सरोकार राख्छ, ले कसरी लिँदोरहेछ ?


खासमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको अवसानपछि नेपालप्रति
सहानुभूति र मित्रताको सम्बन्ध राख्न चाहने भारतीय नेता छँदैछैन भने पनि
हुन्छ । चन्द्रशेखर पुस्ता भइन्जेल भारतीय नोकरशाहले जेजस्तो नीति बनाए
पनि महत्त्वपूर्ण राजनीतिक निर्णय राजनीतिक तहको संवादबाटै तय हुन्थ्यो ।
त्यतिबेलाको सम्बन्ध सामाजिक वास्तविकता र समानताको आधारमा मित्रवत्
तरकिाबाट निर्धारण हुन्थ्यो । तर, उनीपछिको नेपाल-भारतबीचको राजनीतिक
सम्बन्ध अत्यन्त प्रभावहीन भएको छ । नेपाली कांग्रेसका कुनै एकाध नेताको
आफ्ना समकक्षी भारतीयहरूसँग व्यक्तिगत सम्बन्ध होला तर तिनले 'साउथ
ब्लक'लाई कुनै असर पार्न सक्ने क्षमता राख्दैनन् । नेपालका वामपन्थीहरूको
भारतीय वामपन्थीहरूसँगको सम्बन्ध भनेको पार्टी अधिवेशनमा अतिथि बन्नु र
बनाउनुमा सीमित छ । माओवादीहरूसँग सम्बन्ध भएको भनिएका सीताराम येचुरी,
शरद यादवहरू वामपन्थीभन्दा पनि पुँजीवादीहरूसँग बढी नजिक रहेको मानिन्छ,
भारतमा । र, फेर ित्यहाँको वर्तमान सत्ताराजनीतिमा उनीहरूको कुनै खास
महत्त्वपूर्ण भूमिका पनि छैन । मधेसवादी दलका नेताहरूको स्िथति त झनै
बिजोग छ । भारतीय नेताले चिन्नु त परको कुरा हो, नोकरशाहले पनि मधेसी
नेताहरूलाई अमरेश सिंहभन्दा माथिको हैसियतको कसैलाई ठान्दैन । भारतमा
अहिले सर्वाधिक प्रभावशाली पार्टी कांग्रेस आई र त्यसका सर्वशक्तिशाली
नेता सोनिया एवं राहुल गान्धीसँग कुनै पनि नेपाली नेतृत्वको सीधा सम्पर्क
रहेको छैन ।


यी सब कारण अहिलेको नेपाल-भारत सम्बन्ध पूर्णरूपेण कर्मचारीतन्त्रको
इच्छामा निर्भर रहेको छ, जो राजनीतिकभन्दा गैरराजनीतिक पक्षहरूलाई ज्यादा
महत्त्वपूर्ण ठान्दो रहेछ । नोकरशाहले आफ्नो स्वभाव अनुरूप कमजोरलाई हेप्न
खोज्नु कुनै नौलो कुरा होइन । पछिल्ला केही वर्षको भारतीय नोकरशाहको
व्यवहार वास्तवमा त्यस्तै देखिएको छ । नेहरु र बीपी, चन्द्रशेखर र
गिरजिाप्रसाद कोइरालाको कालमा भारत र नेपालबीचको जुन सम्बन्ध थियो, त्यो
अहिले रहेन ।


अबको दुई देशबीचको सम्बन्ध भनेको २१औँ शताब्दीको नेपाल, जो नयाँ नेपाल
बन्न खोज्दैछ र राहुल गान्धीको भारत, जसलाई भारतीयहरू स्वयं भारत होइन,
'इन्डिया' भन्न रुचाउँछन्, बीचको हुन खोज्दैछ । निश्चित रूपमा यस अवधिमा
प्रत्यक्ष/अप्रत्यक्ष रूपमा भारतले 'इन्डिया' बन्नका लागि धेरै पक्षमा
अभूतपूर्व फड्को मारेको छ । तर, नेपाली समाज पनि स्िथर भएर बसेको छैन ।
परविर्तनको गति मधुरो भए पनि प्रभाव त आखिर परेकै छ । नेपालमा यस अवधिमा
'क्रिटिकल मास'को संख्या बढेको छ, जसले हरेक सम्बन्धलाई पुनः परभिाषित
गर्न/गराउन खोज्नु र दुई देशबीचको सम्बन्धमा आफ्नो स्वाभिमान र
प्रतिष्ठालाई कायम राख्न खोज्नु कुनै पनि हिसाबले नाजायज मान्न सकिँदैन ।
नेपाली समाजको यो धरातलीय यथार्थलाई बुझेर नै होला, सर्वथा नौलो तरकिाको
आन्दोलन हाँकेर यहाँसम्म पुगेका नेकपा माओवादी र त्यसका नेता प्रचण्डका
पछिल्ला अभिव्यक्तिलाई त्यसैको सेरोफेरोमा हेरनिुपर्छ ।


तर, फेर िहामीले केचाहिँ भुल्नु हुँदैन भने नेपालमा वामपन्थी आन्दोलनको
सुरुवात नै भारतको -चाहिने/नचाहिने) विरोधबाट भएको छ । अलिक बढी जनसमर्थन
पाएपछि हाम्रा वामपन्थीहरूलाई चढ्ने गरेको सत्ताको मातमा भारतको कुनै पनि
प्रकारको अवरोध देख्नेबित्तिकै उनीहरूलाई नेपाली सीमाको भूतले सताउन
थाल्छ । र, भारतले सीमा मिचेको सम्झना आउन थाल्छ । अनि, कहिले नेपाली
राष्ट्रियताको खोजी खुर्दलौटनमा हुन्छ त कहिले कालापानीमा र त्यो खोजी
गर्ने व्यक्ति कुनै बेला वामदेव गौतम हुन्छन्, त कुनै बेला प्रचण्ड ।
त्यसैले प्रचण्डको वर्तमानको स्वाधीनताको आन्दोलन विगतको वामदेवको
राष्ट्रियताको आन्दोलनजस्तो नहोस्, अहिलेलाई यति नै शुभकामना !

source: http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=685

Read Full Discussion Thread for this article