Posted by: perfectionist January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
नोर्थ पोलाँ बरु यस्तो गार्हो हुन्न होला, गाडी चलाऊन पर्थेन, अफिस आइराख्न पर्थेन होला, याँ त गाडीबाट आइस हटाउ, अफिस आउ, उफ्फ्फ्फ्फ्फ हावा टाइट। स्नो मात्र भे नि लौ भन्नु, आइस रेन रे तेस्का चाइने सास्ती हो। अली अली भे नि लौ भन्नु, आइस नै २ इन्च को धुत, हिंड्नै गार्हो गूड्ने त के भन्नु। बल्ल बल्ल आइपुगियो

सरस्वती पूजा रेछ है आज त, कुनै जमानामा स्वम्भु गैया थ्यो, लाइन बसी बसी पूजा पनि गरिया थ्यो, खै काँ गये ती दिन, ती साथ, सब हराइगये। बस यादै मात्र बाँकी भो गाँठे! त्यो स्वम्भुको भर्र्याङ् त २-३ चोटि ओहोर दोहोर गरिन्थ्यो बै, कस्तो छोटो लाग्थ्यो। घरबाट अली टाढा पनि परियो, भगवान शरणम् भन्दै त्याइँ धायिन्थ्यो।

लौ श्री सरस्वती माताले सबलाई सद्-बुद्धी दियुन, सबको कल्याण होस्!

ओ रामे, तिमी तिम्रा खुशीचालाई जिस्काउ, तिम्रा मदन्वालाई जिस्काउ, बिचरा म बलाखलाई के जिस्काउँछौ एह! अनी के रे के रे, तिमी मेरा उमेरका रे? लाज सरम काँ राखेर आयौ ओ रामेचा, ५ बर्ष चोक्खै घटाउन खोज्या आफ्नो उमेर हँ? बेसरम बेहया लबस्तरो!!!

लु मेरा पनि रे-फर्बिशद प्रणाम जम्मैलाई, रामे, ठुल्दाइ, जिमालबा, रिट्ठे (आच्या सब बुढा बुढाहरु मात्रै रेछन!)
Read Full Discussion Thread for this article