Posted by: _____ January 19, 2010
"Thopa thopa pani le samudra bancha"
Login in to Rate this Post:     0       ?        
We all know ppl always complain about recruitment of Nepalese in British army but we forget that how this recruitment helped the people. Yes WWI and WWII lots of Nepalis were killed, that is unfortunate but it happened not only to the Nepalese ppl but also to the ppl around the world, from India, Africa and other poor countries from where ppl were recruited.

One article about the positive side of this recruitment.

















कथा गोर्खा भर्तिको

राजेश चाम्लिङ राई


 


करिब
दुई हप्ता पोखरा बृटिश गोर्खा सैनिक क्यापभित्र पसेर निस्कँदा उनको
आँखाभरि आँसु थियो । बृटिश गोरखा सैनिक बन्ने मीठो सपना अन्तिम अवस्थामा
तुहिएपछि छोराको आँखाबाट झरेेको आँसु देख्दा अभिभावकको पनि आँसु रोकिएन ।
आँखाभरि आँसु भएपनि आफूसँगै असफल भएर बाहिरिएका साथीहरूसँग हाँस्ने
प्रयत्न गरिरहेका 'झण्डैको बृटिश सेना' १९ वषर्ीय भुवन राई र उनका
अविभावकको पीडामा अरूले पनि आसु थाम्न सकेनन् । अनि त्यहाँ उपस्थित ५०/६०
जनाको समूह एउटा शोकसभा जस्तो भयो । मङ्सिर २६ गतेको त्यो दिन उनीसँगै
बृटिश सेनामा भर्ति हुन छनौट चरणको अन्तिम अवस्थामा पुगे पनि अङ्कको
आधारमा अरूभन्दा पछि परेपछि १०७ जना युवाहरू क्याम्पबाट बाहिरिँदै थिए ।


पोखराको के.आई.सिँह पुल नजिकै रहेको 'क्याम्प गेट'
बाहिर प्रत्येक वर्ष यसरी नै सयौँ युवाहरूले आसु बगाउँछन् । भने करिव तीन
सय जना युवाहरू सम्पन्न भविश्य सुनिश्चित गर्दै बृटिश सेना तथा सिङ्गापुर
प्रहरीमा भर्ति हुन्छन् । २००७ सालको क्रान्तिका नेतृत्वकर्तामध्ये एक डा.
के. आई सिँहको स्मरण गर्दै नामाकरण गरिएको पुल छेवैमा बग्ने यी युवाहरूको
आँसुले कुनै उल्लेख्य इतिहास त निर्माण गर्दैन तर दुई शताब्दीभन्दा लामो
'आँसुको इतिहास'सँग भने अवश्य जोड्छ ।


भर्तिको सुरूवात


हो, बेलाबेला बन्द गरिनु पर्ने चर्चासमेत चल्ने गरेको
गोरखा भर्तिले लाखौँ नेपालीहरूको आँसुको इतिहास बोकेको छ । यद्यपि
सुरूवातमा आˆनो छोरा भर्ति हुन जाँदा आँसु बगाउने अविभावकहरू अचेल भर्ति
नहुँदा आँसु बगाउँछन् । जसरी छोरालाई भर्ति हुन हौसला दिन महँगो मूल्य
तिरेर पोखराको एक गेष्टहाउसमा बसेका अविभावकहरूले आँसु बगाए । भर्ति
चाहनेहरू यतिसम्म लागि पर्छन कि अनेकौँ पटक प्रयास गर्दा पनि असफल भएपछि
अध्ययन छाडेर जीवन वर्वाद गर्ने युवाहरू पनि थुप्रै भेटिन्छन् ।


गोरखा भर्तिकोे नाममा नेपालीहरूलाई बृटिश सेनामा
कहिलेदेखि लिन सुरू गरिएको यकिन मिति छैन । यद्वपी इष्ट इण्डिया कम्पनी
भनिने भारतका तत्कालीन अङ्ग्रेज सेना र नेपालबीचको युद्वमा नेपालका हार
भएपछि सन् १८१५ मा गठन गरिएको तीन पल्टनमध्ये एक गोर्खाली रहेको विद्वान
डा. हर्क गुरूङले एक पुस्तकमा उल्लेख गर्नुभएको छ । उक्त पल्टन युद्वबन्दी
बनाइएका नेपालका सेनाहरूलाई मिलाएर निर्माण गरिएको थियो । यसमा नेपाल
सरकारको स्वीकृति लिईएको थिएन । गुरूङका अनुसार अत्याधुनिक हातहतियारले
सुसज्जित अङ्ग्रेज सेनासँग लड्दा नेपाली पक्षले देखाएको अदम्य साहसबाट
प्रभावित भएर अङ्ग्रेज सरकारले पटक पटक भर्तिका लागि नेपाललाई आग्रह गरेको
थियो तर नेपाली सेनामा अङ्ग्रेजहरूले दख्खल गर्ने शङ्काले नेपालले मानेको
थिएन ।


नेपाली राजनीतिमा राणाहरू हाबी भएर सन् १८८६ पछि भने
वीरशमसेर सत्तामा आएपछि गोर्खा रेजिमेन्टको नाममा १० वटा पल्टन खडा गरिएको
थियो । तत्कालीन अङ्ग्रेज सरकारले भर्तिको सुुरूवातमा नेपालका गुरूङ र मगर
जातिका युवाहरूलाई मात्र लिने गरेका थिए । भर्ति लिन सुरू गरेको करिव ८०
वर्षपछि राई र लिम्बुलाई लिन थालिएको थियो भने त्यसको १० वर्षपछि
सुनुवारलाई पनि लिन थालिएको र सुनुवारहरू लिन थालिएको १० वर्ष पछि तामाङ
तथा नेवारलाई भर्ति लिन थालिएको तथा विश्व युद्धकालमा ठूलो सङ्ख्यामा
क्षेत्रीहरू पनि भर्ति गरिएको डा. गुरूङले एक पुस्तकमा उल्लेख गरेका छन् ।
अङ्ग्रेज सेनासँग युद्व लड्दा नेतृत्व गर्ने जातिलाई छाडेर निश्चित
जातिलाई मात्र छानीछानी किन भर्ति गरियो ? यसको ठोस उत्तर त कसैसँग नहोला
तर यस्तै प्रावधानको कारण जात ढाँटेर भर्ति हुनेको सङ्ख्या पनि निक्कै
ठूलो हुनेगरेको इतिहासकार डा. सुरेन्द्र के.सी.ले गोर्खा सैनिकबारे लेखेको
पुस्तकमा उल्लेख गरेका छन् ।


डा. के.सी.का अनुसार एकपटकको भर्तीमा नेपाल दरवारबाट
पठाइएका २११ जनामध्ये ५० जनालाई योग्य ठहर्‍याइएको थियो । बाँकीमध्ये
थुप्रैलाई जातको कारण नै अस्वीकृत गरिएको थियो । हाल सबै जातिलाई समान
रूपमा भर्ति गरिने छनौट प्रक्रियामा सामेलहुनेहरू बताउँछन् । यद्यपि भर्ति
हुनेको ठूलो सङ्ख्या तिनै जातीहरूका हुने गरेको छ ।


'लाहुरे' भनिने गोर्खा भर्ति अभियान नेपाली शासकहरूको
'कुटनीतिक मुद्दा' थियो । भर्तिको नाममा हजारौँको सङ्ख्यामा नेपालीहरू
भर्ति भएपछि अङ्ग्रेज सरकारबाट नेपालका प्रधानमन्त्री -तत्कालीन श्री ३)
ले सदासयता मात्र पाउँदैन थिए, उनको ब्यक्तिगत बैङ्क खातामा वाषिर्क २०
लाख रूपैयाँ रोयल्टीसमेत उपलब्ध हुन्थ्यो । जुन सन १९७० को दशक पछि बन्द
गरिएको डा.के.सी.ले गोरखा सैनिकसम्बन्धी आˆनो पुस्तकमा उल्लेख गरेका छन्
तर डा. गुरूङले त्यो बन्द गरिएको आधिकारिक जानकारी कहिँ कतै नभेटिएको
उल्लेख गरेका छन् ।


चन्द्रशमशेरको पालामा आइपुग्दा गाउँगाउँमा भर्ती जानको
लागि उर्दी नै जारी गर्न थालिएको थियो । तालुकदार भनिने तत्कालीन समयका
गाऊँका प्रशासकहरूलाई निश्चित कोटा तोकेर 'केटाहरू भर्ति गराउन' अनिवार्य
गरिएको थियो । गल्लावालाले विशेषगरी गुरूङ, मगर, राई र लिम्बु समुदायका
युवाहरूलाई छानीछानी भर्ति गराउन लान्थे । 'गल्ला आऊँदा आमाबाबुले आˆनो
छोराहरू लुकाएर राख्थे रेÛ" अवकाशप्राप्त बृटिश सेना महेन्द्र सिहँ राई
भन्नुहुन्छ 'पहिलो विश्वयुद्वको समयमा भर्ति भएका हजारौँ युवाहरू
नफर्किएको हुनाले आमाबाबु कोहि पनि छोरालाई भर्ति पठाऊन मान्दैन थिए ।
त्यतिबेला भर्ति जानु भनेको मृत्युपत्रमा हस्ताक्षर गर्नु जस्तै थियो ।"
डा. गुरूङले उल्लेख गरे अनुसार पहिलो र दोस्रो विश्वयुद्वसम्म करिव दुई
लाख नेपालीहरू भर्ति गरिएको थियो । त्यसबेला नेपालका गाऊँगाऊँबाट युवाहरू
भेला गरेर भारतको घुमपहाड -दार्जीलिङ) र गोरखपुरबाट भर्ति गरिन्थ्यो ।
आधिकारिक रूपमा नेपालबाटै भर्ति सुुरू गरिएको विक्रम संवत २००९ बाट मात्रै
हो ।


युद्वकालीन समयमा लाखौँको सङ्ख्यामा भर्ति गरिए पनि हाल
वर्षेनि करिव तीन सयको सङ्ख्यामा मात्र भर्ना लिने गरिन्छ । दोस्रो
विश्वयुद्वताका १० रेजिमेन्टसम्मको सङ्ख्यामा भर्ति गरिएको नेपालीहरूको
सङ्ख्या सन् १९७० देखि घटाउन थालेर हाल दुई रेजिमेन्टमा झारिएको छ । त्यसो
त अचेल न पहिले जस्तो भर्ति हुन सजिलो छ, न त ज्यान नै त्यति धेरै जोखिममा
छ । एकाध घट्नामा ज्यान जाने तथा अङ्गभङ्ग हुने भए पनि विश्वयुद्वको जस्तो
गुमनाम नै बन्नु पर्ने स्थिति अहिले छैन । यद्यपि अफगानिस्तान मोर्चामा
खटेका करिव आधा दर्जन गोर्खा सिपाही हाल हातखुट्टा गुमाएर बसिरहेको विदामा
नेपाल आउने सहकर्मी बताउँछन् ।


केहि जोखिम भए पनि भर्ति भएपछि प्राप्त हुने बलियो
आर्थिक सेवा सुविधा उपलब्ध हुनाले बृटिश गोर्खा सेनामा भर्ति हुनका लागि
हजारौँको सङ्ख्यामा निवेदन पर्छ । पूर्वाञ्चलको लागि धरान र पश्चिमाञ्चलको
लागि पोखरामा क्षेत्रीय छनौट गरिने भर्तिको लागि गरी यसपटक पूर्वाञ्चल
क्षेत्रमा मात्र करिब पाँच हजारजनाको आवेदन परेको छनौट प्रक्रियामा सामेल
भएको एक भूतपूर्व बृटिश गोर्खा सेनाले बताउनु भयो । तिनीहरूमध्ये ३४६ जना
केन्द्रीय छनौटका लागि छानिएका थिए । जसमा १६८ जना भर्ति हुन सफल भए भने
उत्तिकै सङ्ख्यामा समेल भएका पश्चिम क्षेत्रबाट पनि त्यहि सङ्ख्याका
युवाहरू भर्ति भए ।


थोरै सङ्ख्या त्यो पनि विदेशी सेनामा भर्ति हुन यति
लालायित हुनमा मुख्यतः भर्ति भएपछि प्राप्त हुने सुनिश्चित आर्थिक भविश्य
नै प्रमुख कारण हो । बहालवाल एक बृटिश सेनाका अनुसार अहिले भर्ति हुनासाथ
प्रत्येकले मासिक ७५० पाउण्ड स्टर्लिङ -नेपाली रूपियाँ करिव ९० हजार)
पाऊँछन् । सञ्चयकोष तथा तालिम अवधि सकिए पछि पाउने अन्य सुविधा छुट्टै
हुन्छ । बढुवा भएर मेजरसम्म हुनेले मासिक करिव दुई लाख ५० हजार रूपियाँ
मासिक तलब पाउँछन् । जुन घाँस, दाऊरा गर्दै एसएलसी अध्ययन सकेका र साढे
सत्र वर्षदेखि २१ वर्ष पार नगरेका सामान्य नेपाली युवाहरूको लागि निक्कै
ठूलो तलब हो । भर्ति हुन न्यूनतम एस.एल.सी. पास गरेर शारीरिक तन्दुरूस्तता
सावित गर्दै गणित र अङ्ग्रेजी विषयमा उत्कृष्टता देखाउन सक्नुपर्छ भने
सैनिक सेवामा प्रवेश गर्न अपनाउनु पर्ने अन्य प्रक्रिया त छँदैछ ।


असमानताको कुरा


बृटिश साम्राज्य फैलाउन निक्कै ठूलो योगदान गरेको
गोर्खा सैनिकहरूको सेवा सुविधा अहिले निक्कै आकर्षक लागे पनि यो प्राप्त
गर्न थालेको भने धेरै भएको छैन । सुरूसुुरूमा भर्ति हुनेहरूले मासिक तलब
सात रूपियाँ मात्र पाउँथे । त्यो पनि युद्वको बेला मारिए कुनै लेखाजोखा
हुँदैनथ्यो । युद्वमा मारिएको गोर्खाली सिपाहीबारे फर्किएर आउने साथीहरूले
खबर ल्याए मात्र जानकारी हुन्थ्यो । नत्र कुकुर-बिरालो मरेझैँ उनीहरू
युद्वमा मर्थे । आधिकारिक जानकारी न त बृटिश सेनाले राख्थ्यो न नेपाल
सरकारलाई नै जानकारी गराइन्थ्यो । कयौँलाई त युद्व सकिएपछि रित्तो हात घर
फर्काइन्थ्यो । दोस्रो विश्वयुद्वको समयमा वर्मा प|mन्टियरमा युद्व लडेर
बाटो खर्च भन्दै २४० कम्पनी हातमा लिएर फर्किएका सोलुखुम्बुका कुलबहादुर
गुरूङ भन्छन् 'वर्षौँ युद्व लडेपछि बल्ल बल्ल बाँचेर आए आउँदा घर र्फकन
पाउनु पनि ठूलो कुरा लाग्थ्यो । फेरि अफिसरहरूको अगाडि यस्तो उस्तो भन्ने
कुरा पनि आएन । कतिलाई त त्यो पनि दिएन । "


यस्ता अनेकौँ उपेक्षा भोगे पछि पदमबहादुर गुरूङको
नेतृत्वमा गोरखा भूतपूर्व सैनिक सङ्घ -गेसो)को गठन गरेर गोर्खा सैनिकहरूले
करिव डेढ दशकदेखि वेलायत सरकार विरूद्व मुद्दा लडिरहेका छन् । गेसोका
पदाधिकारीहरू गोर्खा सैनिकको नाममा बेलायतले ब्यापार गरेकोसमेत आरोप
लगाउँछन् । विशेषगरी मलायो -हाल मलेशिया)को गृहयुद्ध दवाउन त्यहाँको
तत्कालीन सरकारसँग मोटो रकम लिए पनि युद्व लड्ने गोर्खा सैकिहरूलाई
अत्यन्त कम सुविधा दिइएको उनीहरूको दावी छ । अहिले पनि आˆनै नेतृत्वमा
नेपाली युवाहरू छनौट गरिसकेपछि सिङ्गापुर प्रहरीको नाममा सिङ्गापुरमा समेत
छुट्टै फोर्सको रूपमा नेपालीहरू लाने गरिएको छ । जसको सेवा सुविधा पनि
छुट्टै हुने गर्छ । त्यहाँ कार्यरत नेपालीहरूले २० वर्षदेखि आˆनो सुविधा
नबढाइएको भन्दै गत वर्ष शिविरभित्रै आˆनो वरिष्ठ अधिकृतहरूलाई कुटपिट
गरेका थिए । जसको कारण १६ जनाले जागिर गुमाउनु पर्‍यो । भने ब्रुनाईको
सुल्तानको रक्षाको लागि बहालवाला गोर्खा रेजिमेन्टलाई पालैपालो पठाउने
गरिएको छ ।


गेसो आन्दोलन पछि विना कुनै पहिचान रित्तो हात घर
फर्काएका र हालसम्म जीवित रहेका करिव १० हजारले 'च्यारिटी पेन्सन'को नाममा
मासिक तीन हजार रूपियाँ पेन्सन पाएका छन् भने पेन्सनमा आएका सिपाहीले
मासिक २० हजार र अधिकृत तहको गोर्खा सैनिकले ६० हजारसम्म पाउँछन् । तथापि
हालको पेन्सन वृटिश समकक्षीभन्दा अझै चार गुणा कम भएको गेसोका अध्यक्ष
पदमबहादुर गुरूङ बताउनुहुन्छ । गेसो समान पेन्सन पाउनु पर्ने अडानमा छ ।


डेढ दशकदेखि भूतपूर्व गोरखा सैनिकहरूको न्यायका लागि
लडिरहनु भएको गुरूङ पछिल्लो पटक वेलायती अदालतले गोरखा सैनिकहरूलाई पनि
बेलायती नागरिकसरह सुविधा दिने नीति बनाउन सरकारलाई निर्देशन दिएको
बताउँदै भन्नुहुन्छ 'अदालतको निर्णय टार्न बेलायती सरकारले विभिन्न
जालझेेल गरे पनि गत २१ मेमा लेवर पार्टीको विशेष दवाबमा बेलायतको संसदले
समेत त्यो नीति पास गरेको छ ।"


अवकास प्राप्त सेनाहरूले नेपालीहरूलाई हेपेर असमान र कम
सुविधा दिइरहेको बताउँदै बेलायत विरूद्व समानताको मुद्दा लडिरहे पनि भर्ति
हुन चाहनेहरूको सङ्ख्या भने दिन प्रतिदिन बढिरहेको छ । करिव १० बर्ष
अगाडिसम्म आठ कक्षासम्मको औपचारिक शिक्षा प्राप्त गरेर सैनिक सेवामा
प्रवेश गर्न अपनाइने शारीरिक तन्दुरूस्तता सावित गर्न सके भर्ति हुन सकिने
प्रावधानलाई बढाएर कम्तिमा एस.एल.सी. पास गरेको हुनुपर्ने नियम बनाएपछि
आवेदन दिनेको सङ्ख्या घट्ने आशङ्का थियो । पहिले ज्यानमात्र लाने गरिएको
भर्तिमा शैक्षिक दक्षतालाई पनि प्राथमिकता दिन थालिए पछि महँगो मूल्य
तिरेर काठमाडौँमै समेत तालिम केन्द्रहरूमा पढेर छनौट प्रक्रियामा सामेल
हुनेको सङ्ख्या झनै बढिरहेको छ । कोटेश्वरमा ब्राईट गोर्खा तालिम केन्द्र
खोलेका सैलेन्द्र राईले गत वर्षमात्र खोलिएको आˆनो केन्द्रमा यसपटक सय
जनाले अध्ययन गरेको बताउनुभयो । तीन महिनाको लागि आˆनो केन्द्रले १५ हजार
रूपियाँमा अध्ययन गराएको बताउँदै राईले कतिपय केन्द्रले त्यति नै समयका
लागि ३५ हजार रूपियाँसम्म लिने गरेको बताउनुभयो ।


छनौटमा कचिङगल


छनौट प्रक्रिया अत्यन्तै पारदर्शी हुने बताइए पनि यसको
निष्पक्षताबारे प्रश्न उठाउन थालिएको छ । आˆनो भाइ भर्ति गराउन पोखरा
पुगेका खोटाङका धु्रव राईले छनौट पास गराईदिने सर्तमा १९ लाख रूपियाँसम्म
तिर्ने अविभावकसमेत भेटेको बताउँदै भने 'हुन पनि लागेमा त्यति जाबो एक
वर्षमै कमाई हाल्छ अनि किन नदिनु त?"


यद्यपि छनौट कार्यमा सम्मिलित एक सदस्य 'यी सब बजारिया
हल्ला' भएको बताउँछन् । छनौटका लागि यूके -बृटेन)बाटै गोरा अफिसरहरू पनि
आउने भएकोले त्यस्तो कुनै सम्भावना नरहने बताउँदै नाम उल्लेख गर्न नचाहने
ती सदस्य भन्छन् 'बाहिर पास गराइदिन्छु यति देऊ भन्ने दलालहरू थुप्रै
हुने गरेको हामीले पनि सुनेका छौँ । त्यो हामीलाई थाहा हुँदैन । पास आˆनै
क्षमताको आधारमा हुन्छन् । दलालले केहि गरेको हुँदैन तर पास भएमा मैले
गराइदिएको भन्दै मोटो रकम लिन्छन् रे । बरू पैसा दिने कबुल गरेको थाहा पाए
हामी उसलाई सिधै फेल गराउँछौँ ।"


छनौटमा असफल भएकाहरू पनि केही न केहि पक्षपात हुने दावी
गर्छन् । बृटिश सेना छनौटसँगै सिङ्गापुर प्रहरीको लागि छनौट चरणका
सम्पूर्ण चरण पारगरेर अन्तिममा बाहिरनु परेको तेह्रथुमका सुवास लिम्बु
भन्छन् 'मैले चिनेका थुप्रै साथीहरू नक्कली प्रमाणपत्र भएर पनि सिङापुरमा
आफन्त भएकोले लागे -भर्ति भए) मेरो भने कोहि पनि आफन्त नभएकोले परिन ।"
संखुवासभाका विनोद राईले भने भर्ति सुनिश्चित गरिदिने आश्वसनमा १० लाख
रूपियाँ दिए पनि असफल हुनु परेको बताए । भर्ति छनौट कार्यका लागि आˆनै
नाता पर्ने आएको बताउने काठमाडौँको कलेजमा पढाउने एक शिक्षकलाई दिएको
पैसाले कुनै काम नगरेको बताउँदै राईले भने 'मेडिकल पास गरेर फाइनलमा पुगे
। त्यसपछि सबै म मिलाइदिन्छु भन्थ्यो । नाथेले के को गर्दोरहेछ ।" सँगै
असफल भएका रविन राईले भने छनौट प्रत्रियामा आफू पूर्ण सन्तुष्ट रहेको र
कुनै पक्षपात महशुस नगरेको बताए ।


विभिन्न बहानामा सुरू भएको गोर्खा भर्ति प्रथा भित्र
नेपालीहरूको दुःख-पीडा, आँसु-हाँसो, बलिदान र वीरताका विभिन्न कथाहरू
समेटिएका छन् । अत्याधुनिक हातहतियारले सुसजित यूरोप, अपि|mका तथा एशियाली
मुलुक जापानसमेतका सैनिक विरूद्ध बेलायतको पक्षमा विश्वका ७० भन्दा बढी
देशमा अनेकौँ युद्ध लडेका छन् भने युद्धमा देखाएको बहादुरीको प्रशंसा
स्वरूप नौ जना नेपालीले 'भिक्टोरिया क्रश' पाएका छन् । नेपालको सामाजिक
विकासमा असर परेको भन्दै बेलाबेला बन्द गरिनु पर्ने बहस उठिरहे पनि जारी
रहेको भर्ति अत्यन्तै सीमित सङ्ख्याको अवसर भएको क्षेत्र हो तर बेरोजगारी
र देशको राजनीतिक अस्थिरताका कारण अनिश्चित आर्थिक भविष्यका कारण नेपाली
युवाहरूको लागि आशाको सानो त्यान्द्रोसमेत हो


source:

http://www.gorkhapatra.org.np/detail.php?article_id=28679&cat_id=22

Last edited: 19-Jan-10 09:02 PM
Read Full Discussion Thread for this article