Posted by: _____ January 19, 2010
"Thopa thopa pani le samudra bancha"
Login in to Rate this Post:     0       ?        
I am not supporter of "Rajtantra". neither that of Maobadis. While analyzing some person/system/thoughts I go by pros and cons not by family name of the person or by the his/her political affinity.
At present time people are trying to blame others for their present situation, some are trying  to prove they are the indigenous people. I do not have  sentimental feelings towards any "family names", culture, language or religion ( I don't believe in religion at all) but since people are aggressively fighting for the imaginary rights I thought it is useful to post some positive, some real life situation which is different then theoretical claim that ppl are making here in sajha.

Today I choose to post about a very controversial person in Nepali history, We all are aware of his negative actions but what about his positive actions? please read following. This posting is not directed towards anyone.
_________________

नेपाल राष्ट्र ब्यांक राजा महेन्द्रको अवधारणा हो । राष्ट्रियता
सम्वर्द्धन गर्ने अभियानसँग त्यो जोडिएर आएको थियो । उनी नेपालमा नेपाली
मुद्रा नै चल्नुपर्छ भन्ने चाहन्थे । त्यसलाई मूर्त रूप दिन सरदार
गुञ्जमान सिंहलाई प्रयोग गरे । त्यसपूर्व नेपाल ब्यांकमार्फत त्यो कोसिस
भएको थियो । तर, पूरा हुन सकेन । त्यसैले बेग्लै ब्यांक खोलेर त्यो अभियान
पूरा गर्ने सोच आयो । त्यसको म निमित्त पात्र मात्र हुँ ।

चार
वर्ष अर्थसचिव भएर काम गरेँ । त्यसबीचमा एक वर्ष अमेरकिा, क्यानाडाजस्ता
विभिन्न मुलुकहरूमा उनीहरूले गरेको आर्थिक प्रशासनका विविध पक्षहरूबारे
अध्ययन गर्न गएँ । त्यहाँबाट प्राप्त उपलब्धिहरू नेपालको आर्थिक प्रणालीको
सुधारमा उपयोग गर्ने हौसला बोकेर विसं २०१२ असारतिर नेपाल फकेर्ं ।
अच्ाम्म ! विदेश जाँदा र र्फकंदासम्म अर्थसचिव नै थिएँ । तर, स्वदेश
फर्किएको भोलिपल्ट जगेडामा राखिएको जानकारी पाएँ ।


स्वदेश फर्किएको दुई-तीन साता नबित्दै तत्कालीन अर्थ-परामर्शदाता सिंहले
आफ्नो यट्खास्िथत घरमा बोलाए र एउटा सामान्य खालको धर्के कपी थमाइदिए,
जसमा ब्यांक स्थापनासम्बन्धी मस्यौदा कोरएिको थियो । सिंहले त्यसबेला मलाई
भनेको वाक्यांश यस्तो थियो, "राजा महेन्द्रले नेपाल राष्ट्र ब्यांकको
नामले केन्द्रीय ब्यांक स्थापना गर्ने निर्णय गरबिक्सेको छ, यसमा
ब्यांकसम्बन्धी ऐनको मस्यौदा छ । यदि स्वीकार्य छ भने गभर्नर पदमा
तपाईंलाई नियुक्त गरनिेछ ।" मैले असहमति जनाउनुपर्ने  देखिनँ ।


सरदार साहेबको अर्को प्रश्न थियो, "कसरी अगाडि बढ्ने ?" मैले तीन प्रस्ताव
राखँे । पहिलो- भारत, अस्ट्रेलिया, क्यानाडा आदि मुलुकहरूका केन्द्रीय
ब्यांकका ऐन अध्ययन गरी मस्यौदालाई परमिार्जन गर्ने । दोस्रो- नेपाल
राष्ट्र ब्यांक स्थापनासम्बन्धी कार्य प्रारम्भ गर्ने । र, तेस्रो- यी
दुवै काम स्ाम्पादन गर्न मलाई 'अफिसर अन स्पेसल ड्युटी'मा नियुक्त गरी
आवश्यक कार्यकक्ष र केही सहकर्मी उपलब्ध गराउने ।


मेरा प्रस्तावहरू स्वीकृत भए र केही दिनपछि नै अर्थ मन्त्रालयको बुइँगल
कोठामा काम पनि सुरु भयो । ऐन परमिार्जनका लागि अर्थ मन्त्रालयमा कार्यरत
असिस्टेन्ट सेक्रेटरी विष्णुप्रसाद धिताललाई काजमा मगाएँ र सार्वजनिक
विज्ञापनबाट दुई उम्मेदवार विश्वनाथ उपाध्याय -केही महिना काम गरेपछि
कानुनी क्षेत्रमा विशेष अभिरुचि भएको भन्दै कानुन सेवातिर लागे र
कालान्तरमा देशको प्रधानन्यायाधीशसम्म भए) र गोविन्दप्रसाद लोहनीलाई
अफिसरमा चयन गरँे । प्रारम्भिक काम, खास गरी लेखा प्रणालीको तर्जुमा गर्न
नेपाल ब्यांक लिमिटेडबाट रामराज तुलाधरलाई झिकाएँ ।


केही मुलुकका केन्द्रीय ब्यांकका ऐनहरू अध्ययन गरी अझ बढी स्पष्ट हुन
मुम्बईमा ब्यांक अफ इन्डियाका उच्च पदाधिकारीहरूसँग मन्त्रणा गरेँ ।
त्यसपछि ०१२ साउनतिर 'नेपाल राष्ट्र ब्यांक गठन गर्नका निम्ति बनेको ऐन'
तर्जुमा गरी सरदार साहेबसमक्ष पेस गरेँ । नौलो विषय हुँदा कानुन
मन्त्रालयमा केही महिना मस्यौदा अड्कियो र अर्थशास्त्रका प्रोफेसर
रत्नबहादुर विष्टले कानुन सचिव पद सम्हालेपछि मस्यौदा केही कानुनी
परमिार्जनसहित लालमोहरका लागि पठाइयो । यसरी ०१२ कात्तिक १८ गते नेपाल
राष्ट्र ब्यांक ऐन जारी भयो ।


ऐनको प्रस्तावनामै उल्लेख गरयिो, 'नेपाली नोट निष्कासनको सुप्रबन्ध गर्न,
नेपाली मुद्रा अधिराज्यभर चलनचल्तीमा ल्याउन, नेपाली मुद्राको विनिमय दरमा
स्िथरता कायम राख्न, विकासका निम्ति पुँजीलाई गतिशील बनाई ठूला
उद्योगधन्दालाई प्रोत्साहन दिन र नेपालमा ब्यांक प्रथाको विकास गर्न नेपाल
राष्ट्र ब्यांकको स्थापना गरएिको छ ।' तर, मुख्य रूपमा राजा
महेन्द्रद्वारा मलाई दुईवटा 'म्यान्डेट' दिइएको थियो, नेपालभर िनेपाली
मुद्रा प्रचलनमा ल्याउने र नेपाली रुपियाँ तथा भारतीय रुपियाँको सटही दरमा
स्िथरता ल्याउने ।


अन्य देशमा ब्यांकहरूको अनुगमनका निम्ति केन्द्रीय ब्यांक स्थापना भएको
पाइन्छ । तर, हामीकहाँ भने मुलुकभर िनेपाली रुपियाँ प्रचलनमा ल्याउनु नै
यसको मुख्य उद्देश्य थियो ।


हालको विशालबजार भवन सामुन्नेको एउटा घर भाडामा लिएर केन्द्रीय कार्यालय
स्थापना गरयिो । ब्यांकिङ् कारोबारका लागि मुलुकी खाना र कौसी तोषाखाना
उपलब्ध भयो । नोट विभागका लागि केन्द्रीय कार्यालय सामुन्नेको अर्को घर
भाडामा लियौँ । ०१३ वैशाख १४ गते राजा महेन्द्रले नेपाल राष्ट्र ब्यांकको
विधिवत् उद्घाटन गरे । ब्यांक स्थापनाको करबि एक वर्षभित्रै कलात्मक र
व्यावहारकि ढाँचाका नयाँ नोट निष्कासित गर्‍यौँ ।


अमूर्त र अस्वाभाविक किसिमका नोट छापिरहेको अवस्थामा पशुपतिनाथ,
गृह्येश्वरीजस्ता सांस्कृतिक धरोहर दर्शाउने कलात्मक  नोट छपाउन सुरु
गर्‍यौँ । साथसाथै, विदेशी मुद्रामा पनि अब हामी स्वतन्त्र हुने भयौँ ।
भारतको रजिर्भ ब्यांकसँग मात्र निर्भर हुनुपर्ने अवस्था अन्त्य भयो ।
कस्तोसम्म अवस्था थियो भने राजा त्रिभुवनको औषधोपचारका लागि पनि भारतीय
रजिर्भ ब्यांकसँग गुहारएिको थियो । कमसेकम अबदेखि त्यस्तो निर्भरता अन्त्य
हुने भयो । हामीले भारतीय रजिर्भ ब्यांकका अतिरत्तिm बेलायत, संयुक्त
राज्य अमेरकिा, जापानलगायतका केन्द्रीय तथा वाणिज्य ब्यांकहरूमा खाता
खोल्यौँ । त्यसपछि, जो कोही नेपाली नागरकिलाई विदेशी मुद्रा चाहिएमा
पाउन्डमा हाम्रो खातामा जम्मा गरििदने र सो बराबरको नेरु हाम्रा
शाखाहरूबाट उपलब्ध गराउने व्यवस्था सुरु भयो । यो नेपालको ब्यांकिङ्
इतिहासमा साह्रै ठूलो सफलता हो ।


मानिसहरू राख्दा पनि ज्यादै विचार पुर्‍याएका थियौँ । सबै जना नयाँ थिए ।
म भर्खरै बेलायत-अमेरकिातिर बसेर आएकाले त्यताकै केही सिको गर्ने प्रयास
गरेको थिएँ । हरेक शाखामा टिनको एउटा ट्यांकीजस्तो बनाएर पानीको व्यवस्था
गरएिको थियो । त्यसबाट कमसे कम पानी माग्ने अवस्थाको अन्त्य हुन्छ भन्ने
मेरो सोच थियो । जागिर खान अयोग्य भनिने मानिसहरूलाई जागिरको व्यवस्था
गरििदए । यसरी नयाँनयाँ प्रयोग गर्न खोजेको थिएँ । तर, समयक्रममा मैले
प्रयोगमा ल्याएका ती कामलाई निरन्तरता दिइएन ।
Source: http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=669


Last edited: 19-Jan-10 08:59 PM
Last edited: 20-Jan-10 06:43 PM
Read Full Discussion Thread for this article