Posted by: fucheketo January 19, 2010
सुधाले नपढेको सुधाको कथा
Login in to Rate this Post:     0       ?        


थपौँ त ?



भइगो !



मलाई त्यो चियामा कुनै मतलब थिएन !



 



दिक्षा थोरै सम्हालिएकी थिइ !



आमाको अघि नरो है ! मैले कुनामा लगेर उसलाई सम्झाएँ !



उसले पनि टाउको मात्रै हल्लाई !



रुपेशले कल गरेको थियो ,कोरिया ट्रान्जिटमा छ रे !



नआत्तिइ आइज भनिस् ?



दिक्षा फेरि झ्याल तिर फर्की ! मलाई
थाहा छ उ आँशु लुकाउन खोज्दैछे । म पनि त्यस्तै गर्छु !



 



तेरो अफिस जाने बेला भो होला ! मसँग भाइसँग गफ गर्न
टपिक्सहरु छैन !



हुन्छ दाइ म बेलुका आउँछु । उसले आफ्नो हेलेमेट
उठायो !बेलुका रुंग्नलाई केटा मान्छे चाहिन्छ दिक्षा सुतेकी छैन तिन दिन देखी आज
सुतोस् , निदाउन सकी भने !



 



दिक्षा कता गइछे ?



तिमी सुति राख न , बाहिर निक्लेकी होली आइ हाल्छे नि !



यो स्लाइन कतिन्जेल दिनु पर्ने हो ? उसले आफ्नो हात
हेर्दै प्रश्न राखी !



ठिक नहुन्जेल !



सुधा
मलाई ज्वरो मात्र आउँदा पनि मेरो निधार त्यहि हातले छाम्ने गर्थी , अनि मलाई सँधै
ज्वरो आइराखोस् जस्तो लाग्थ्यो । जो सँग मैले आजसम्म आफ्ना कुराहरु लुकाएको छैन
,आज उसैको मृत्यु म उसँग लुकाउन खोज्दैछु । मान्छे किन यति विवश हुन्छ ? शायद
अन्तिम शक्ति कोहि आफूसँग राख्न चाहन्छन् शक्ति सन्तुलनको लागि !



 



एक छिन यता आइस्यो न !



म बिस्तारै उसको छेउमा गएँ । मलाई डर
पनि थियो उसले म भित्रको आँशु देख्छे !



उसले मलाई अनायसै अंगालो मारी , सँधै
जस्तै न्यानो थियो
!



नढाँटीकन भनिस्यो त कति दिन भनेको छ ,डक्टरले ?

उत्तर दिन कता कता घाँटिमा शब्दहरु अड्किए , चाहेर पनि आँशु रोक्न सकिन । म यो कथाको अन्त्य चाहन्न !!!!

Last edited: 19-Jan-10 09:28 AM
Last edited: 19-Jan-10 09:30 AM
Read Full Discussion Thread for this article