Posted by: sajhabusaima January 15, 2010
विदेशमा पढेर नेपाल नफर्किनुस् , नेपालमा केही हुन सक्दैन
Login in to Rate this Post:     1       ?         Liked by
याँहा साथिको कुरा सुन्दा दु:ख लाग्यो तर एउटा कुरा के हो भने सबै कुरा अमेरिकामा भएजस्तै नेपालमा खोज्न त सकिन्न। हामि सजिलै नेता लाइ दोष दिन्छौ खै कहिले हामिले हामिलाई दोष दिएको ? पहिले म केहि गर्छु र परिबर्तन लेर्याउछु मेरो समाज र बस्तिमा भन्ने सोच लेर्याउन सक्नु पर्यो, समाज समाज र बस्ति बास्ति मिलेर देश बन्छ। सायाद मित्रले कलेज पढाउनुका साथ साथमा त्याँहाका मान्छेलाई ग्रासरुट बाट बनाउने प्रयास गर्नु भएको भए त्यस्तो अनुभव हुदैन थियो होला। हामि अमेरिका युरोप बाट फर्कन्छौ तर सहरमै बस्छौ, तर उहाँ पढाउने बिध्यार्थि धेरै मात्रामा गाँउ, वा शहरबाहिर बाट आएका हुन्छन।

एक पटक गाँउ समाज सम्म पुगौ, सहरमै भएका उपेक्षित बस्तिहरुमा पुगौ। त्याँहा धेरै गर्न सकिन्छ, मानिसहरु उपछार बिना मरेका छन्, किसानहरुको खेतिमा बालि हुन छोडिसके? लाखौ सुकुम्बासि नेताहरुको भोटर ब्याँङक बनेका छन तर जिउदै मर्न बिबस छन। गरौ न केहि त्याँहा ?

मित्र तपाई लाई मेरो कुरा तितो लाग्न सक्छ तर माहाबिर पुन ले पनि त्यहि सोचेका भए के हुने थियो होला? साथि तपाई त्यति पढनुभएको छ, त्यति धेरै सिप छ र ज्ञान छ, किन एउटा नेपाल परिबर्तन गर्ने सोच्न सक्नु हुन्न । कलेज पढाउनुस साथमा हरेक सरकारि स्कुललाई टेक्नोलोजिकल अगाडि लैजान स्कुल लाई साझा सँग जोडनुहोस । हामि सधै तपाइको सहयोग मा तत्पर हुनेछौ। जस्तो स्कुलमा डाटाबेस, डिजिटलाइज डाटा रेक्रडिङ, इन्ट्रानेटको डेभलप गर्न सक्नु हुनच भने सबै टिचरहरुलाई तालिम दिन स्कनुहुन्छ मोर्डन एजुकेशन, कम्प्युटर र टिचिङ्ग मेथडमा।

तपाइ सुरु गर्नुस तपाइ लाई साथ दिने धेरै हुनेछन तर तपाई यसरि नराम्रो मात्र लेखिदिनु भयो भने धेरै नेपालि दाजु, भाई दिदि, बहिनि लाई बिदेशमा नै रोकिनसक्छन, नेपाल मा परिबर्तन चाहिएको छ, ज्ञान , सिप चाहिएको छ, तपाइहरु जस्ता बुद्धिजिबि चाहिएको छ।
Read Full Discussion Thread for this article