Posted by: Birkhe_Maila January 14, 2010
अमेरिकामा कसरी नेपालकोझै रसिलो मम र अचार बनाउने होला?
Login in to Rate this Post:     0       ?        

उस्तै तरिका हो बसन्ती। जिम्मालले चाइँ एसो अर्छन-


१) बदाम मजाले पाकुन्जेल भुट्छन्।


२) पाक्यो कि पाकेन भनेर बेला बेलामा तातो न तातो बदामको गेडा क्वाप्प मुखमा हुल्छन र डामेको जिब्रोमा यताउता छिटो छिटो फाल्दै अलि चपाऊन मिल्ने चिसो बनाएर चपाउँछन्। लहरेलाई गालि गर्छन र पाकेको निर्णय गर्छन्।


३) त्यो बदामलाई एकछिन साह्रो नहुन्जेल बाहिर राख्छन बोक्रा उडाएर फाल्छन् र ग्राइन्ड गरेर सकेसम्म धुलो धुलो बनाउँछन्।


४) फेरि एकदुई गेडा बजाउँछन्।


५) तावोमा तेल तताउँछन्। तेल मज्जाले तातेपछि त्यसमा केहि मेथिका गेडा, केहि जिराका गेडा र केहि रातो सुकेको खुर्सानि संगसंगै हाल्छन्। पड्केको सुनेपछि छोडाएको लसुन २-३ केस्रा पनि त्यहिँ हाल्छन् र झन पड्काउँछन्।


६) त्यसपछि गोलभेँडा हाल्छन् (हाफ बनाएर काटेको), अनि अलि अलि कतै हल्का डढेको, अनि गलेको स्थितीमा भएपछि आगो निभाउँछन्।


७) एक  मुठि जति हरियो धनिया मरक्क लुछेर ग्राइन्डरमा अगिको बदामको धुलो संगै हल्का पानि हालेर 'घ्वाइँयsss' पार्छन्, नून हाल्छन, मन लागे अलिकता टिमुर पनि हाल्छन्। पाए लप्सको धुलो नपाए जुनसुकै अमिलो मजाले हाल्छन। अगि गलेको गोलभेँडा पनि हाल्छन र फाइनल्लि फेरि 'घ्वाइँयsss' पार्छन्।


८) झिकेर भाँडोमा हाल्छन र एक चम्चा मुखमा हुल्छन। नून सुन सबै पुगे मख्ख पर्छन, नपुगे मुख बिगारेर नपुगेको कुरा थप्छन्।


९) अचार तयार भयो...लाsss म:म त पाकेकै छैन, लहरे बजियाले अझै म:म बनाएन भन्दै लहरेलाई सराप्छन्।


सकियो

Read Full Discussion Thread for this article