Posted by: ramronepal January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
बैरेलाई नदेखेको जस्तो त गरेको नै हो नि, देख्या जस्तो गरेको भये अब एस्ले सबैलाई भन्ने भयो भनेर अहिले सम्म के के गरिसक्थ्यो ..... बागमती पुल सम्म मात्र पछी लागेको ? त्येस्पछि पनि पछी लागेको भये केही देख्थ्यो कि बैरेले  ...... अनी रिया नानीको के छ नि .....
हेर हेर लहरे को ताल, सुन्तली लाई त ........... छोडेन छोडेन ........ बगलामुखी मा पनि २-३ जना, मलाई जिम्मालको पुरनो कथा याद आयो, बिगारने हरु कम छन यो संसारमा, त्यो मध्ये यो लहरे पर्दो रहेछ ।
पुरे पनि कम रहेनछ, को हो त चिनिन, कुना मा बसेर, चुप्पा र चुप्पी गर्दै थियो ..... हुन पनि कोही त चहियो नि , सुन्तली गयी भनेर अर्को नहेर्ने पनि कुर भएन नि .....
बिर्खे बुढाको त के कुरा गर्नु र ........ छड्के टोपी, टाउको भन्दा ठुलो (पुराना दिन हरुमा पनि त्यस्तै टोपी लगाउन्थे, citation : थुतुनो किताब), पानपराग चपाउन्दै, नक्कली दान्त ले चुरोट च्याप्दै, भर्खर्का तरुनी हरुको नेत्र पान गर्दै थिए, बेला बेलामा घुटुक्क केही निलेको जस्तो पनि लाग्थ्यो, पानपराग हो कि के हो अली बुझिएन  ...
ठुल्दाइ त सधैं जस्तो परिवार सँग आएका थिए, एक हाथले छोरा डोराउन्दै, अर्को हाथमा टच स्क्रीन मोबाईल चलाऊन्दै यता उता हेर्दै,  अनी केटा हरुलाई ..... तिमीहरुकै मोज छ, आफ्नो त .... भन्दै निन्यौरो अनुहार लगाएर हिंडेका थिए,

रिठ्ठेको त के कुरा गरायी भयो र दाँया बाँया च्यापेरै आएको थियो, मलाई कसैको मतलब छैन, बाल भन्दै ।

ल सबै आउने जाने लाई मेरो तारेमाम ।


Read Full Discussion Thread for this article