Posted by: Geology Tiger January 14, 2010
लोकराज बरालका कुरा
Login in to Rate this Post:     0       ?        

चनातरकारी दाई,


जसरी अहिले नेपालका हरेक राजनैतीक दलहरु र बुद्दिजिबी बर्गहरुले नेपालमा रहेको गरीबी, अशिक्षा, अबिकास जस्ता सबै रोगहरुलाई निर्मुल पर्ने  एक मात्र सन्जीवनी बुटिको रुपमा संघियताको राग अलापी रहेका छन्, त्यही हिसाबले संघियता लागु भएपछी नेपालको हरेक समस्याहरु एकै चोटि सफाचट् हुन्छ कि हुँदैन त्यो त समयलेनै बताउँला र म जस्तै धेरै नेपालीहरुलाई नेपालमा एक चोटि संघिय शासनको प्रयोग गरेर हेर्नमा केही आपत्ति नहोला। तर जसरी माओवादीले एक पछी अर्को गर्दै जातिय राज्यहरु घोषणा गरें र त्यही जातिय संघियताको अबधारणा बोकेर धेरै नेपाली बुद्दिजिबीहरु हिडिरहेका छन् त्यसमा चाँही मलाई अलीकती पनि चित्त बुझेको छैन।
 
नेपाली जनताहरुको सामाजिक, आर्थिक, शैक्षिक अन्य बिभिन्न अवस्थाहरुको मुल्याङ्कन गर्दा जसरी जातियतासँग मात्र जोडेर गरिन्छ त्यो पटक्कै पनि बैज्ञानिक छैन। त्यसरी मुल्याङ्कन गर्ने आधारहरु निर्धारण गर्दा किन जातिय आधार मात्र रोज्ने? के भौगोलिक आधारमा तुलना गरेर हेर्दा सिङो कर्णालीनै पछी परेको देखिएको हैन र? त्यस क्षेत्रमा त हरेक जात जातिका नेपालीहरु पछी परेका छन्। निश्चय पनि केही क्षेत्रमा सिमित जातिका नेपालीहरु अरु जातिका नेपालीहरु भन्दा अगाडि देखिएका छन्। तर हाम्रा सामाजिक बिश्लेषकहरुको आँखा भने साउनमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ भने झैं यी सारा समस्याको जड जातियता असन्तुलन मात्र देख्छन्। अब यसै अपूरो तथ्यलाई आधार बनाएर कुनै एक जाति बिशेषको नाममा संघिय राज्य घोषणा गरेपछी त्यस राज्यमा बस्ने अरु जातिका मान्छेहरु माथि भेदभाब भएको होइन वा हुँदैन भन्ने कुरा कसरी मान्नसकिन्छ? जसरी अहिले नेपाली(खस)भाषा अरु नेपाली भाषा बोल्नेहरु माथि लादिएको छ भनिन्छ, त्यसैगरी एउटा जातिको नाममा राज्य घोषणा गरेपछी त्यो एउटा जातिको भाषा र सांस्कृतिको त बिकास होला, तर त्यस राज्यमा रहेका अरु जातीहरुको भाषा सांस्कृतिको अवस्था चाँही तल पर्दैन भन्ने ठोकुवा कसरी गर्न सकिन्छ? त्यस्को पारीणाम नेपाल त नटुक्रेला तर त्यस्ले जातिय असमझदारी आपसी सद्भाबलाई कम गर्दैन भनेर कसरी भन्न सकिन्छ। एउटा सानो उदाहरण त यही साझामा पनि हेर्न सकिन्छ। शायद नेपालमा जातिय संघिय राज्यहरुको चर्चा भैरहेको अहिलेको समयमा जस्तो जातिय गाली गलौजले भरिएको लेखहरुको बाढी साझामा कहिले पनि आएको थिएन होला। नेपालमा भाषिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रता मात्र होइन सद्भाब पनि अपरिहार्य छ। ढुक्क भएर आफ्नो भाषा बोल्न, आफ्नो धर्म र सांस्कृति मान्न पाउन पर्छ, तर त्यसो गर्दा फेरी पनि अर्को भाषा, धर्म र सांस्कृति मान्नेलाई तल पार्ने काम नहोस्, फेरी पनि होच्च्याउने काम नहोस्। जसरी अहिले बाहुन जातिका नेपालीहरुले अरु जातिका नेपालीहरुलाई दबाए भनिन्छ, जातियतामा आधारित संघिय राज्य बनाउने हो भने जुन जुन जातिको नाममा राज्यहरु घोषणा गरिन्छ ति जातिहरु ति सम्बन्धित राज्यका 'बाहुन' बन्नेछन्। त्यसैले मेरो बिचारमा नेपालमा संघियताको अरु जस्तो सुकै मोडेल लागु गरे पनि जातियता आधारित मोडेल चाँही लागु गर्नुहुँदैन।
 
चना दाइले लोकराज बराल जस्तो सिनियर ब्यक्तित्व भन्नु भयो, खैर उहाँको बारेमा मलाई त्यती थाहा छैन र उहाँको लेखमा संघियताको कुनै निश्चित खाका पनि छैन, त्यसैले म उहाँको बारेमा टिप्पणी गर्न चाहन्न। तर मलाई के लाग्छ भने हाम्रो देश र जनताले खोजेको राजनैतीक समस्याको निकास हामीले मानी आएका ठुला नेताहरु र बुद्दिजिबीबर्गकै दिशाहिनताको कारणले गर्दा प्राप्त हुन नसकेको हो। मलाई एक चोटि बाबुराम भट्टराई जस्तो बुद्दिजिबी नेपालमा अरु कोहि छैन जस्तो लाग्थ्यो, तर अहिले तिनै बाबुराम अहिले माओवादी अराजकताको एउटा मुकुन्डो बनेको देख्दा उनको त्यो सारा बिद्वता माथि धिक्कार लाग्छ। अनी एक चोटि बार एसोशियसनका पूर्व अध्यक्ष सम्भु थापा जस्ता हाकाहाकी मान्छे कोही छैन जस्तो लाग्थ्यो, तर पछी सम्भु थापा पनि आँफै नराम्ररी नैतिक पतनको खाल्डोमा जाकिए। शायदै यी मध्य कोही मन, बचन र कर्मले नेपाल र नेपालीको बिषयमा सोच्ने होलान्। त्यसैले मेरो विचारमा ठुलो भनिएको मान्छेले बोल्दैमा त्यो बोली ठुलो हुने होइन, बोलिमा कत्तिको सत्यता छ त्यस्ले बोलीलाई ठुलो बनाउँछ, अझ त्यो भन्दा पनि कुनै कार्यको बिषयमा बोलिएको भए त्यो कार्य पुरा भए पछी मात्र त्यो बोलीलाई महान भन्न सकिन्छ। बोलेकै भरमा संसार जित्न सकिने भएको भए त अहिले भारतले मिचेको सारा नेपाली भुमी फिर्ता गराउँछु भन्ने प्रचन्ड नेपालका राष्ट्रनायक नै हुन्थे होला, तर उनले अधिकांश नेपाली जनतालाई उल्लु बनाए पनि भारत त टसको मस पनि भएको छैन।     

Read Full Discussion Thread for this article