Posted by: Birkhe_Maila January 12, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

पुराना चौतारी केलाउँदै जाँदा चौतारी उखानहरु भेटियो, त्यतिबेला सबै सान्दर्भिक थिए, अहिले केहि केहि सान्दर्भीक होलान्। अरु त खोज्दा नि पढ्न नमिल्ने बनाएछन सानदाईले बुट्टा मात्रै आउँछ-


१- जिम्मालको नलिखुट्टो १२ बर्स ढुङ्रोमा राखे नि बाङ्गाको बाङ्गै।
२- आफै त ठुल्दाइ उत्तानो टाङ, कसले दिने भाङ ।
३- काम पाइनस पुन्टे, धोबिनी जिस्क्याउनी ।
४- काम कुरो एकातिर, साली खोज्न चौतारी तिर।
५- उसै त मास्टर्नी दिदी, सालीले जिस्क्याकी।
६- जुन साली आए नि जिजु-फोबिया।
७- आउन्न आउन्न लोकचार, आयो लेख्यो माना-चार।
८- बुझ्न जान्दैन, चौतारी टेढो।
९- बुझ्नेलाई चौतारी, नबुझ्नेलाई पँधेरो।
१०- एक बिर्की रउसीमा डुबेर मर्नु।
११- भउतेले जिस्क्याको मुन्छे, जिम्माल बा देखे नि तर्सन्छ।
१२- रात रहे अर्गाठ पलाउँछ, सुकुटी रहे ढुँसी पलाउँछ।
१३- नेपालमा लड्की छन्, रुम मेरो रित्तै।
१४- कुम्ले जस्तै सोझो (हँसिया जस्तै सोझो)।
१५- साली खोज्न छैन, भउतेका पछि दुकुर्नी।
१६- पुन्टेको खुट्टा, पिए पनि लर्खराउनी, नपिए नि लर्खराउनी।
१७- जहाँ जाला भउते, साली नै जिस्क्याउला।
१८- तितौरी हराए झैँ हराउनी।
१९- जिम्माल बुढो, निशे तन्नेरी।
२०- ठूलीका गाला, टोके नि रातै नटोके नि रातै।
२१- तोङबाले जिब्रो डाम्या भउते बियर नि फुकि फुकि पिउंच।

Read Full Discussion Thread for this article