Posted by: Poonte January 12, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
सिरी सोस्थानी बरत कथा -- अद्धे चैनी कती पो हो कुन्नी?

कुमारे ले अग्ग्या गरेछ , चैनी, हे अगस्तमुनी ! पुन्टे मार्सापलाई पो जिम्मा सुम्पेर, चैनी, सुइँकुचा ठोकेछ तो देसी? मदनेको चैनी यो जिम्मा सुम्पिनु को रहस्से चैनी म सुनाम्छु तिमीलाई, दत्त र चैनी एक चित्त ला'र चैनी धेन ले सुन।

हजार जिब्रा भे का तो चैनी सेस नाग्ले त चैनी बयान अर्न कठिन मानेका हाम्रा जिजु दाजु पुन्टे लाई चैनी जिम्मा सुम्पेर मदने चैनी बजारतिर ला'छन। पुरब जूनी देखुन चैनी अईमईको फरिया पनि सुँघ्न नपा'का ब्वासो धसेका भङ्गेरी चैनी मदने ले चैनी हिजो रातमा बडेमान् को चैनी चानस पाएछ गाँथे! अन्खेरुन, भेट्न, ख्वाम्न, पिलाम्न, चैनी अन्खेरुन चानस पाये बिहे अर्न भनी सोस्थनी लेख्न छोडेर चैनी लागेछन नेपाल खाल्डाँ र्'को चिअनी रिमी झिमी टोल् ठमेल तिर। भेट भ'छ के रे। अर्बेलाँ लड्डु हुसुर्ने तो देसी चैनी तो बेलाँ भाङ को डल्लो हुसुर्दा भया। अनी चैनी अर्बेलाँ दुध मत्त्र पिम्नी देसी तो बेलाँ छ्याङ पिम्दा भया।

लग्भग तीन पुस्ता मक्कर कसी धाएका देसी को सपना कि परी पनि कहती रे भन्देखुन, हेर्दा आँखै गुलाब बन्नी। छाम्दा आफ्नै ज्यान पग्लिनी, सलक्क कपाल भाकी, मसक्क हाँस्दा लाल्टिन् नै बल्नी, चुम्दा स्वर्गइ पुग्नी। फरेन भेस अप्ना'र चैनी मात्तिएनी नाइ। सारी ला'र आकी। नाइटो चैनी देखाकी। बुलोच चेतिएला झैँ फुल्लेकी।

तेहाँ उपरान्त चैनी मदने मक्ख। क्यारी चैनी पट्टो, किन चैनी पट्टो, उस्को धेनाँ अाइनच के रे। खुवएछ , पिलाएछ, चौतारी बासिलाई भोली पल्ट चैनी देखाम्छु भन्नि सपना ले चैनी, रेस्तुराँ को ओवेन मा चैनी सात फेरा लाचन। तरुनी ले'र। पिरेक्टिसवा जो करेने को परेछ, सादी को टेम् मा लोगन के साम्ने शरम हो ने को छेन भुनेछ के रे।

रातको चैनी दो पहर हुँदी, चैनी, घर जाम भुन्दा चैनी, सुन्दरी ले चैनी होटेल जाम भन्दा हुँदी। अर्बेलाँ दुनियाँको साम्ने सोझो के रे, रात्को अँधेराँ चिअनी कोल्ले पो देख्लान र भन्ने पापिस्ट मदनेको मनँ छ्वास्स पर्दा हुँदी। खप्न नसकेक, अनी मात लागेका मदनेले चैनी हुतेल सम्मा नि क्यार्न चैनी कुर्नी? अँधेराँ कोल्लले पो देख्लान भुन्दै चैनी ति परस्तरी माथि चैनी झम्टिँदा भया। एकै मट्याङ्रा, एकै चरी जस्ताइ सिधै मुखाँ मुख जोडी चैनी बातावरण चुम्बनिय भया।

छनिक आनन्द पछी चैनी मदनेलाई कसो कसो भया। तो मैया को जिब्रा सारो सारो लाग्दा भया, यस्ता कि मदनेको मुखाँ ढिँडो ओडाल्दा जस्ता। चैनी पाखुरा सुम्सुम्याउँदा डाँडा काँडा, भञ्ज्याङ जस्ता भया। गाला सुम्सुम्याउँदा चिअनी खाक्सी जस्ताइ लाग्दा भया। बातावरण चैणी जटी जटी चुम्बणिय हुँदी, मदनेको आँखा उती उती बल्देङ्रा भया, मानोउँ चैनी त्यहीँ कतै उन्ले भुत देख्दा सातो जाँदा हुँदी।

रात भर चैनी बोली नफुटाकी ति "कोमल सुसिल" स्वबाभ को भरम मा पारेकी "सुन्दरी" ले चुम्बण पस्चात् "ओ मदनवा! अइ लोप यु!" बोल्दा आकासे चैनी गर्जन सुन्दा, मदने थु थु अर्दै चैनी त्याँसी भागदा भया। "अरे बापरे! हामी तपेस्सा ज्यादा करेछु, लर्की खोजेछु त लर्का मिलेछ, हँ?" भन्दा भया!

त्यसैले, दाजु भाई दिदी बहिनी हरु, कुनै चै कुरो को लालच त लोभ लाई त्यागी सिरी सोस्थनी को कथाको करम नपन्छाये टाईमरु भर भुरी को चैनी सिरी भगवान शिवले चिअनी कल्याण गर्दा हुन। हाम्रा ज्यस्थ दाजु ठुल्दै को भाकाँ भन्नु पर्दा चैनी, सोस्थनी को जिम्मा अरुलाई, बित्यास परो गोरुलाई। जिम्मा पुन्टेलाई सुम्पी बिग्रेथे, काखमा परो भुस्तिघ्रे!

इती सिरी एेस्कन्दे माघ महात्मे
सिरी सोस्थनी बारात कथाये नमह!
Read Full Discussion Thread for this article