Posted by: serial January 12, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

फुटेको सम्चार


बिर्खे जिम्बाल को गोठ मा हिजो राती भएको के त - ल आउनुस् यो कुरालाई क्लियर पारम। अहिले हामी माझ हुनु हुन्छ माइली बुढी मुर्कट्टा


लहरे : भएको के त हिजो राती


माइली बुढी : के हुनु नि बाबु, कस्तो कस्तो आवाज आएको थियो - गाई भैंसी कराको कराइ - किच्कन्डी नै आएको हो बाबु यो त, आज चाँही पूजा पाठ नगरि भएन,


लहरे : गएर हेर्नु भएन त के भएको रैछ भनेर


माइली बुढी : के कुरा गर्छु यो असत्ती लहरे, एस्तो ज्यान छ - केही गर्न सक्नी होइन, किच्कन्डी ले एकै छ्याक मा च्याट्ट पार्दैन मलाई, तेरिमा मलाई मर्न जा पो भन्दो रैछ


लहरे : त्यसो भन्या हैन बजै - कुरै नबुझी बजै पनि


माइली बुढी : अनी के भन्या त त्यो तिम्रो थुतुनो चलाएर


लहरे : जिम्बाल छ नि जिम्बाल - जिम्बाल गएन हेर्न


माइली बुढी : कोही नगएर त्यो बुढा जान्छ भन्ठान्या तिमीले, कस्तो पोइ पाइयो भन्देखिन हेsss भगवान, अर्को जन्ममा अली बहादुर हिसी पर्या बुढा पाम,


लहरे : जिम्बाल गएन - फेरी जिम्बाल गाउ भरी आँफै गएर हेरेको भनेर कुरा लाउदैछ त, के कुरा हो बजै प्रस्ट पार्दिनुपर्‍यो


माइली बुढी : त्यस्ता बुढा को कुरा सुनेर नि हुन्छ, आवाज आउन साथै थुर थुर कामेर बुढा, जाउ हेरेर आउ बुढा भन्दा तेरो चुरा फुटाउन मन भए मलाई पठा नत्र नकरा भनेर भन्नै लाज हुने गरी डस्ना नै भिजाइदियो नि - उ त्यही डस्ना सुकाउम्न लाग्या मैले - जल मात्र होइन मल पनि हाल्द्या छ र पो - कसरी धुने होला हरे शिव - जे गरे पनि मै बुढी लाई दु:ख हरे शरणम


लहरे : ल दर्शक ब्रिन्द राती के भारैछ यहाँ हरु ले माइली बुढी कै मुख बाट सुनी हाल्नु भो - कुरा क्लियर कट भइहाल्यो केरे - अहिले लाई एती बाँकी पछी फेरी भेटौँला नमस्कार।।।।।।।।।।।।।।।।।।।।।।।।। 

Last edited: 12-Jan-10 12:53 PM
Read Full Discussion Thread for this article