Posted by: lovenepalalways January 10, 2010
बन्दकर्ताको नाक काटियो
Login in to Rate this Post:     2       ?         Liked by
Finally something good happening. All those idiots who call for Nepal bandh should be treated like this.

http://www.nagariknews.com/society/nation/9105-2010-01-10-13-23-07.html

पवित्रा सुनार, काठमाडौं, पुस २६-  संघीयताको विरोधमा उपत्यका बन्दको
आह्वान गरेको जनमोर्चाका एक कार्यकर्ताको आइतबार नाक काटिएको छ। नाक
काटिएका सूर्यबहादुर नेपाली वीर अस्पतालमा उपचारपछि घर फर्केका छन्।
 'गहिरो चोट लागेको छ। नाक कान घाँटी डाक्टरले टाँका लगाएका छन्'आकस्मिक
कक्षकी डाक्टर बिनिता जोशीले भनिन्।

 आइतवार संघीयताविरुद्धमा जनमोर्चाले उपत्यका बन्द गराएको थियो। बन्द
गराउन उत्रिएका मोर्चाका कार्यकर्ताहरु डिल्लीबजार मैतीदेवीको बीचमा जुलुस
सहित अघि बढिरहेको बेला पछिबाट आएको समुहले हतियार प्रहार गर्दा नेपाली
सहित ३ घाइते भएका थिए।

'हिंडिरहेको बेला पछिबाट मोटरसाइकलमा आएको २५-२६ जनाको समुहले एक्कासि प्रहार गर्न थाले'घाइते कार्यकर्ता दिलिप पौडेलले भने।


आक्रमणमा परी सामान्य घाइते भएका बाग्लुङ्गका दिलिप पौडेल र वसन्त खनालको वीर अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन्।


संघीयताविरुद्ध उपत्यका बन्दमा उत्रिएको राष्ट्रिय जनमोर्चाले नेकपा
माओवादीले उक्साएको समुहले आक्रमण गरेको आरोप लगाएको छ। 'प्रतिकारकर्मी
माओवादीको उक्साहतमा आएका समुह हुन्',- जनमोर्चा केन्द्रीय सदस्य भरत
भण्डारीले भने- 'आन्दोलनबाट तिल्मिलाएका तत्व हुन्।'
Read Full Discussion Thread for this article