Posted by: chipledhunga January 8, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुकाइदिन्छु आफू आँशुमा डुबी


"डिप फ्रिज" शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।
खुशीले टन्न आँप र लिच्चीको गूदी, बाउचाले बोक्रा र गेडा अनि अनि रिट्ठेले डल्ली भैंसीको चिसो मोइ (हत्तेरिका तातो म्वाइ लेख्न खोज्या) खान पाऊन्। ठुल्दाइ, चिलिम तान्ने शुभकार्यमा चिसोले अवरोध नपुर्याओस्। पूरेले सुन्तलीको न्यानो स्पर्श पाओस्। बिर्खे बुढाले दाँतभरी नअड्क्युन्जेल खसीको मासु र एक ढ्वाङ तीनपाने पाओस्। निरन्तरको बन्दले मदनवाको देहात यात्रा र फलफुल ढुवानीमा बाधा नपुगोस् तर रामे चाँही बन्दकै कारण हेटौंडामा अड्कियोस्। खुशी, मदनवाले ल्याएको फलफुलले खुशी रहोस्, brandy, तिम्रो कारणले भोली बिहान कसैलाई ह्यङोभर नहोस्। तारेमाम।          

Read Full Discussion Thread for this article