Posted by: Narayangarh suburb January 8, 2010
आज नारानेको जन्मदिन
Login in to Rate this Post:     0       ?        
आज नारानेको जन्मदिन 

 

बर्षमा एक्चोटी आउने,

जता-ततै शुभ-कामना छाउने

मित्रगन, परिवार जन संग रमाउने

एउटा दिन

उसको आफ्नो दिन

आज नारानेको जन्म दिन

 

उर्लिएर सागर झै

माया अनि स्नेहले भारियाका सन्देश

फोन अनि फेसबुक मा पाइएको छ

साझालाइ कसरी बिर्सू म

दुई चार बर्ष देखि पिरती जो लाइएको छ

 

कथा भने नि कबिता भने नि

आफ्नो कुरा भन्न पाको छु

जहिले पनी आफ्नै दुख बोकेर त आको छु

 

आज तपाई सबैलाई धन्यबाद भन्ने दिन

गुण तीर्न त कहा सकिन्छ र

अन्तरंग यो मनको खोलने दिन

आज नारानेको जन्म दिन!

 

पुनश्च: बर्षभरी मेरा शब्दहरुलाई बुझीदिने कष्ट गरीदिने, भाब मनका सुनी दिने कोसिस गर्ने संपूर्णलाइ रिदए देखि नै धन्यबाद दिन चाहन्छु!
Read Full Discussion Thread for this article