Posted by: Geology Tiger January 6, 2010
यात्रा , मन र फुल
Login in to Rate this Post:     0       ?        

 


यो मन र मस्तिस्कमा भएको याद र सम्झनाहरुको भर परेर यात्रा गर्न गार्हो हुँदो रहेछ, जब जब अतितका यादहरु मनमा सल्याङबल्याङ गरेर  सल्बलाउन थाल्छन् तब तिनीहरु अकस्मात् अतितबाट निस्केर बर्तमान बन्न चाहन्छन् । फाटिएको मनसँगै कमजोर भएको यो बर्तमान अतितका  यादहरुको कठोर प्रहारको अगाडि साह्रैनै निरिह बन्दो रहेछ। अनी त्यो अतितले मनलाई पनि खर्लप्पै निल्दो रहेछ। मन त एउटा अन्धपुजारी जस्तै त्यो अतितको गुणगानमा मस्त हुँदो रहेछ। त्यसैले यो फाटिएको मनलाई समयको ओखतीको लेप लगाएर यात्रामा अघी बढ्नुको कुनै बिकल्पनै छैन। मनहरु फाटिन्छन्, जोडिन्छन् अनी फेरी फाटिन्छन्। तर फुलसँग अबको यात्रा फाटिनु हुँदैन समयचक्रमा जिन्दगी नफाटिएसम्म। नत्र फेरी एउटा बर्तमानले निर्मम प्रहार गर्ने छ, अतितका यादहरु भएर। त्यसैले अबको फुलसँगको त्यो यात्रा आफु पनि फुलनै भएर पार लगाउनु पर्नेछ, काँडा भएर फाटिन दिनुहुदैँन। 


 

Read Full Discussion Thread for this article