Posted by: chanty399 January 4, 2010
Who is Amresh Kumar Singh and What is Indian National Security Threat
Login in to Rate this Post:     0       ?        
‘म नभएको बेला मेरो बारेमा ‘स्क्याण्डल' बनाएर चरित्रहत्या गर्न खोजिएको छ,' 
अमरेश सिंह


भारतबाट निकाला गरिएकी नितुले कानुनी उपचार खोज्ने


smaller text tool iconmedium text tool iconlarger text tool icon
गिरीश गिरी/राजु अधिकारी, काठमाडौं/झापा, पुस २० - भारतबाट राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै फर्काइएकी नेपाली विद्यार्थी नितु सिंहले कानुनी लडाईमा जाने बताएकी छिन्।

‘कहाँ र कसरी लड्छु भन्ने मलाई अहिल्यै थाहा छैन,' आइतबार झापास्थित घरमा नागरिकसँग उनले भनिन्,'तर साथमा भएका तमाम प्रमाणहरु लिएर म यो अन्यायका विरुद्ध लड्नेछुँ।' बोल्दै गर्दा तनाव र शारिरिक अस्वस्थताका कारण उनी बीच बीचमा रोकिने गर्थिन्।

बिहे भए लगत्तै मानसिक यातना दिएर राखेको र अहिले आएर बिना कारण यत्रो ठूलो आरोपमा देश निकाला गरिएपछि आफू अवसादको शिकार भएको उनले बताइन्।

आफूमाथि शक्तिको दुरुपयोग गरेर अमानवीय व्यवहार गरिएको भए पनि त्यसको जवाफमा अरुजस्तो असभ्य नभई अदालतको बाटो समात्ने स्पष्ट पारिन्। उनका भाइ डा. रुपेश सिंहका अनुसार उनीसहितका चिकित्सकद्वारा उपचार भइरहेको र नियमित औषधि सेवन गरिरहेकी दिदीलाई सामान्य हुन अझै ३-४ दिन लाग्नेछ।

यसैबीच हाल दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा रहेका आरोपित पति अमरेश सिंहले आफ्नो भनाइ नसमेटेरै ‘एकपक्षीय' समाचारहरु आउनाले अन्यायमा परेको बताएका छन्।

‘म नभएको बेला मेरो बारेमा ‘स्क्याण्डल' बनाएर चरित्रहत्या गर्न खोजिएको छ,' टेलिफोन वार्तामा उनले भने,'मलाई पनि ‘जस्टिस' चाहिन्छ।' विद्यावारिधिको शोधपत्र बुझाउनका निम्ति आफू दिल्लीमा रहेको बेला यो कुरा सार्वजनिक भएपछि अब भ्रमण छोट्याएरै नेपाल फर्कन लागेको र आरोपको प्रतिरोध गर्न तयार रहेको उनले बताए। सोमबारै नेपाल आउने जानकारी उनले दिएका छन्।

उनले बिहे गरेयता १० दिन पनि साथमा नबसेकी श्रीमतिलाई भारतले किन र कसरी देश निकाला गर्‍यो भन्ने केही थाहा नरहेको उल्लेख गरे।

‘श्रीमान् भएकै नाताले उनी पक्राउ पर्नु एक दिनअघि मलाई पुना प्रहरीले फोन गरेर नितुलाई फर्काउन लागेको बताएको थियो,' उनले भने,'त्यतिबेलै मैले उसँग मलाई केही मतलब नभएको र उसैका बा आमालाई सुनाइदिन दिन भनेको थिएँ।' उनका अनुसार पुना प्रहरीले उतिबेलै उनको ससुराली फोन गरेर बोलाएको आधारमा सासु ससुरा काठमाडौं आएका थिए।

‘हाम्रो सम्बन्ध जस्तो भएपनि आखिरमा उनीहरु मेरा सासु ससुरा थिए,' उनले भने,'त्यसैले पुनाबाट फर्काइएकी छोरी लिन काठमाडौं आएको बेलामा ज्वाईंको कर्तव्य पुरा गर्दै आफ्नो वासस्थानमा बस्न दिएको थिएँ।'

गत वर्ष आफ्नो एक मात्र भाइको बिहेका बेला पनि नआएका कारण नीतु र उनको माइतीका बीचमा पनि नराम्रो सम्वन्ध रहेको दाबी अमरेशको छ।

अमरेशका अनुसार अगस्तमै पुना पुगेका नितुका पिता र भाइले त्यहाँको स्थानीय प्रहरीलाई आफ्नी छोरी फर्काइदिन पत्र बुझाएका थिए। ‘त्यसैगरि डिसेम्बर ३ तारिखका दिन पनि पिताले उजुरी दिएका छन्,' अमरेशले भने,'यसरी स्वयं पिताले बारंबार ताकेता गरेर त्यहाँको प्रहरीलाई छोरी फर्काइदिने माँग गरिरहेका बेला फिर्ता पठाइएको यो घटनालाई मसँग जोड्नुको कुनै कारण देख्दिनँ।' कुराकानीका क्रममा उनले आफ्नी पत्निको चरित्र ठीक नरहेको र भारतमै अर्कै युवकसँग विहे गरेर ‘सेटल' हुन लागेको आरोप समेत लगाए।

‘षडयन्त्र र शक्तिका सामुन्ने हामी निरिह भयौं,' अमरेशका आरोपको प्रतिवाद गर्दै ससुरा रामसुरेश सिंह भन्छन्,'ढिलो गरेर यो कुरा थाहा पाउनु मेरो कमजोरी भएकैले उनी बोल्ने मौका पनि पाइरहेका छन्।'

छोराको विहेमा समेत उपस्थित नभएकी छोरीले उतै अर्को विहे गर्न लागेको जानकारी ज्वाईबाटै पाएपछि गत अगस्तमा पुना पुगेको उनले स्वीकारे। ‘त्यतिबेला ट्रेनमा जाँदा जाँदै ज्वाईको फोन आयो,' उनले भने,'उक्त फोनमा हामी बाउ छोरामाथि नितुले मुद्दा हालेको र प्रहरीले पक्राउ गर्नसक्ने सूचना दिएका थिए।'

नभन्दै पुना पुग्दा आफू बस्ने होटलमा सादा पोशाकका प्रहरीको ओहोर दोहोर बढ्न थालेको उनले उल्लेख गरे। त्यसपछि छोरी पढ्ने कलेजमा भेट्न जाँदा त्यहाको सुरक्षाकर्मीले भेट्नै नदिएको उनले बताए। त्यहाका सुरक्षाकर्मी अमरेशको इशारामा चलेको तथ्य अहिले आएर बुझेको उनीहरु बताउँछन्।

‘उता त्यतिबेलै ज्वाईले नै नितुलाई पनि फोन गरेर हामीले उनी चरित्रहीन भएको निश्कर्ष निकालेको बताएछन्,' रामसुरेश भन्छन्,'यसरी हामी दुवै पिता र छोरी बीच एक अर्कासँग भेट्नै नपाई तितो चरम विन्दुमा पुग्यो।'

यस्तो बेलामा आफूहरुलाई लगातार घेरा हालिरहेका सादा पोशाकका प्रहरीकै सल्लाह अनुसार पढाइ सकिने बित्तिकै छोरी पठाइ दिन लिखित पत्र दिएको उनी स्वीकार्छन्।
‘यसै बीच गत डिसेम्बर ३ तारिखका दिन पनि मैले पुना प्रहरीमा फोन गरेको साँचो हो,' उनले भने,'ज्वाईंले नितुको परिक्षा पाँच दिन अगावै सकिसकेको र अब तत्कालै उनले अर्को विहे गर्न थालेको जानकारी दिएपछि मैले उनैको सल्लाहमा यसो गरेको थिएँ।' बिहे गरेर दिएको छोरी अर्कैसँग जान थालेको सुनेपछि यसो गरेको उनले सुनाए।

‘हाम्रो समाजमा बाबु हुनुको पीडा तपाईं कत्तिको बुझ्नु हुन्छ?' उनले भने,' यसरी छोरी बरालिएको थाहा पाएपछि लोकलाज कै कारण मेरो संस्कार अनुसार म त्यसो हुनै दिन्न थिएँ।'

तर, छोरी बुझ्न काठमाडौं चाहिँ ज्वाईंकै टेलिफोनको भरमा आएको उनले दाबी गरे। ‘अन्तर्राष्ट्रिय नम्बरबाट हिन्दी भाषामा बोल्दै छोरीलाई फर्काउन लागेको टेलिफोन मेरो घरमा आएको सत्य हो,' उनले भने,'तर, त्यस लगत्तै ज्वाईंको फोन आएपछि मात्र हामी छोरीलाई लिन काठमाडौं पुगेका थियौं।'

नेपाल फर्किए पछि छोरीका कुरा सुन्दा र विगत सम्झँदा पहाडबाट खसेजस्तो लागिरहेको रामसुरेशले बताए। 

Read Full Discussion Thread for this article