Posted by: pokhari December 28, 2009
प्रेमी-प्रेमीकाले नै गरे आत्महत्या
Login in to Rate this Post:     0       ?        
काठमाडौं, २०६६ पुस १३ - प्रेमीको विष सेवनपछि मृत्यु भएको खबरपछि ललितपुरमा एक प्रेमीकाले पछि विष सेवन गरि आत्महत्या गरेकी छन् ।


प्रहरीका अनुसार ललितपुरको थेचो घर भएका २२ वर्षिय दिनेश महर्जनले तल्लो
जातको केटी बिबाह गर्ने विषयमा घरमा विबाद परेपछि आइतबार राति विष सेवन
गरेका थिए । उनलाई उपचारका लागि राती नै बिएण्डबी अस्पताल भर्ना गरिएको
थियो । उनको आइतबार बिहान १ बजे तिर मृत्यु भएको थियो ।


बिहान प्रेमीको मृत्युको खबर पाएपछि २२ वर्षिया सपना मालीले पनि विष सेवन
गरेकी थिइन् । ६ बजेतिर सेवन गरेकी उनलाई उपचारका लागि पाटन अस्पताल
ल्याइएको थियो । उनको पनि बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालमा खटिएका
प्रहरीले जानकारी दिए ।


http://www.ekantipur.com/np/news/news-detail.php?news_id=304281
Read Full Discussion Thread for this article