Posted by: khoikkhoik December 28, 2009
नेपालमण्डलया घोषणा
Login in to Rate this Post:     0       ?        
के अझै चाहिन्छ सङियता ?? कि जातिय खाडल पुरुनु पर्ने  हो


प्रेमी-प्रेमीकाले नै गरे आत्महत्या
कान्तिपुर संवाद्‍दाता
काठमाडौं, २०६६ पुस १३ - प्रेमीको विष सेवनपछि मृत्यु भएको खबरपछि ललितपुरमा एक प्रेमीकाले पछि विष सेवन गरि आत्महत्या गरेकी छन् ।

प्रहरीका अनुसार ललितपुरको थेचो घर भएका २२ वर्षिय दिनेश महर्जनले तल्लो जातको केटी बिबाह गर्ने विषयमा घरमा विबाद परेपछि आइतबार राति विष सेवन गरेका थिए । उनलाई उपचारका लागि राती नै बिएण्डबी अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बिहान १ बजे तिर मृत्यु भएको थियो ।

बिहान प्रेमीको मृत्युको खबर पाएपछि २२ वर्षिया सपना मालीले पनि विष सेवन गरेकी थिइन् । ६ बजेतिर सेवन गरेकी उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । उनको पनि बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालमा खटिएका
प्रहरीले जानकारी दिए ।
Read Full Discussion Thread for this article