Posted by: Madness December 28, 2009
नेपालमण्डलया घोषणा
Login in to Rate this Post:     0       ?        

यो जातिय संघियता नै हैन। नेवार के हो? नेवार जात हो? नेवार धर्म हो?  हैन। नेवार आफैँमा एउटा पूर्ण समाज हो जहाँ, आफ्नै जातियता छ,  आ-आफ्नो धर्म छ, आफ्नै कार्यविभाजन छ, अझ केहि हद सम्म आफ्नै भाषिक विविधता पनि छ। यो भाषिक/भाषिय संघियता होला बरु। यसले त माथि कसैले भने जस्तो 'जातिय खाडल' पुर्नुको सट्टा अर्को 'भाषिक खाडल' खन्छ , अझ  त्यहाँ भित्र अर्को धार्मिक खाडल पैदा नहोला भन्न सकिन्न। नेवार हिन्दू छन्, बुद्धमार्गी छन र मुसलमानहरु पनि छन्। कस कसलाई समेट्ने यसले? यदि सबै जात र सबै धर्म समेट्ने हो भने त्यो त छँदैछ नि किन संघियताको कुरा आयो?

Read Full Discussion Thread for this article