Posted by: Rahuldai December 28, 2009
नेपालमण्डलया घोषणा
Login in to Rate this Post:     0       ?        

संघियतालाई जानी न जानी राजनीतिको चुल्होमा नानाथरिको परीकार पकाइ रहेका छन भान्छेहरु ।  किंकर्त्ब्यबिमूढ चुपचाप् संघियताका बिसंगतिहरु पाक्दै गरेको हेरिरहेकाछन मान्छेहरु  । असफलता, इर्ष्या, हिनताबोधले जलेको आगोमा संघियता पकाउने तानाशाही आतंकारीहरुको दुष्ट मनसायमा फस्दै गैरहेकाछौ ।


संघियता राम्रो होला, संघिय ब्यबस्थामा प्रगती गर्ने देशहरु धेरै छन । तर जातिय संघियताले देश टुक्रिन्छ छ वा गृहयुग्ध मा होमिन्छ भन्ने कुराको मनन गर्नुको साटो आ-आफ्नो दुनो सोझ्याउने काम भएको छ ।



म नेवार हुँ। तर नेवा राज्य को यो गाइजात्रे घोषणाको समर्थन गर्न सक्दिन। पौराणिक अनी एतिहासिक यथार्थलाई मध्ये नजर गरी नेपाल मण्डल नमाकरण गर्नु मा मेरो पूर्ण समर्थन छ। त्यो घोषणा पनि संबिधानले दिएको अधिकारप्राप्त निकाय वा नयाँ बन्ने संबिधानले ब्यबस्था गरे मात्र।


सांकेतिक भने पनि अरु जे भने पनि , बिद्यमान एन कानून लाई धोती लगाउने जुनासुकै काम पनि गैर कानूनी हुन जान्छ। संक्रमण काल मा भए पनि प्रचलित नियममा चल्नु पर्दछ भन्ने मान्यता हो।


मलाई थाहा छ, यती लेख्दा प्रखर संघियताका समर्थकहरुले मलाई जुत्ताले हान्ने छ, माओवादी जंगलिहरुले त फतवा जार गर्ने छ । पुनश्च: म नेवार हुँ, नेवार हुनुमा गर्ब गर्छु ।  नेवारीमा बोल्छु र लेख्छु तर नेवा राज्य घोषणाको समर्थन कदापी गर्न सक्दिन । अस्तु!

Read Full Discussion Thread for this article