Posted by: sumedhu December 26, 2009
नेपालमण्डलया घोषणा
Login in to Rate this Post:     0       ?        
A true Nepali political leader would not subscribe to the belief of  ethnically divided nationhood.
My admiration to Narayanman Bijukchhe ( Rohit ) on his firm commitment. Down with ethnic federalism !


उता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जातजातिका आधारमा विभाजन गरिएको स्वायत्त गणराज्य आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताउनुभएको छ।  
नेमकिपा निकट नेपाल क्रान्तिकारी किसान सङ्घको प्रथम राष्ट्रिय सम्मेलनको आज भक्तपुरको दत्तात्रयमा उद्घाटन गर्दै उहाँले जातजातिका आधारमा सङ्घीय राज्य बनाएर जातिबीच द्वन्द्व बढाएको जुन आफ्नो पार्टीलाई स्वीकार्य नहुने स्पष्ट गर्नुभयो।  
गणराज्य घोषणा गर्दा स्थानीय स्रोत र साधनको समानुपातिक वितरण हुनेगरी गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेले माओवादीले हालै घोषणा गरेको गणराज्य घोषणा हास्यव्यङ्ग्य भएको टिप्पणी गर्नुभयो।  ि
उहाँले नयाँ संविधान निर्माणमा क्रान्तिकारी भूमिसुधारलाई मौलिक हकका रूपमा स्थापित गर्न सङ्घर्ष गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।  
माओवादी अध्यक्ष प्रचण्डले खुल्लासभाबाट भारतलाई मालिक भन्नु माओवादीको चरित्र उदाङ्गो हुनु हो भन्दै उहाँले भारतकै विरोध गर्ने र भारतलाई नै मालिक हो भन्नु माओवादीको द्वैध चरित्र भएको बताउनुभयो।  
सम्मेलनमा सभासद् जग्यबहादुर शाही, महिला नेत्री अम्बिका न्याईंच्यार्इं, चक्रबहादुर चाकतु, रामेश्वर बोहरालगायतले समयमै संविधान बन्नु पर्नेमा जोड दिनुभएको थियो।

 
जातीय संघियता मूर्दावाद !
Read Full Discussion Thread for this article