Posted by: Sufal December 23, 2009
बिश्वासघात
Login in to Rate this Post:     0       ?        

बिश्वासघात

(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)

"एक रथका हामी दुई पङ्र्ग्रा" भने जस्तै गरी कयौ सुख दु:ख, उकाली ओरली, हण्डर,ठक्कर घाम अनी पानी एकै साथ पार गर्दै हाम्रो दम्पत्य जिबनले आज ५ बर्ष पुरा गर्‍यो। आफ्नो परिवारमा जे-जस्तो आपत बिपत आइपरे पनि हामीले हातमा हात राखी त्यस्को सामन गर्थियौ र गर्दैछौ पनि। जिबनमा केही गर्नुपर्छ भन्ने सोच बोकेका हामी पर्देशी जोडी आफ्नो सपना रुपी सुन्दर फुलहरु फुलाउनको लागि रात दिन लगिपरिरहेका छौ। अझ भनौ जिबन जिउनेकै नाममा हरेक दिन कडा भन्दा कडा सँगर्श गरिरहेका छौं, परिवारको सुखको खातिर आफ्नो आफ्नो मुहार हँसिलो परेर। अग्नी साक्षी राखी प्रणयसुत्रमा बाँधिदाको समय देखी मेरो सर्बोस्व भन्नु नै मेरो श्रीमान हो र उहाँको सर्बोस्व भन्नु नै म हुँ भन्ने ठानेका छौ हामीले। मेरो सर्बोस्व नै उहाँ अनी उहाँको सर्बोस्व नै म भएपछी तन, मन र धनको त के कुरा गर्ने र! यही अटल विश्वाशमा नै हामीले हाम्रो अथाह सुखको अनुभुती गरेका छौ, जुन सुख अनी विश्वाशले हाम्रो दम्पत्य जिबन अझ बढी बलियो बनाएको छ।


रहंदा बस्दा साथीभाई अनी छर-छिमेक चिनिनु स्वाभाबिक नै हो। त्यस्तैमा मेरो पनि एकजना छिमेकीसँग चिनापर्ची भयो। बाङ्लादेशका रहेछन उनिहरु। उनिहरु हामीसँगै त्यस अपार्ट्मेन्टमा बस्न आए पनि भर्खर भर्खर नै हाम्रो बोल्चाल सुरु भएको थियो। बच्चा कै कुराको सिल्सिलाबाट नै हाम्रो बोलचाल सुरु भएको थियो। पहिलो बच्चा-छोरी जम्मा ३ महिनाको भएकी रहेछ उनिहरुको। मेरो हुर्किसकेका हुनाले प्राय भेटमा उस्ले बच्चाकै कुरा सोध्थी, स्कुलको कुराहरु हुन्थे अनी आक्कल झुक्कल बैवाहिक जीवनको। म कामबाट फर्केको बेलामा सधैं जसो उ उस्को कोठा बाहिर नै हुन्थि, कहिले बच्चिलाई खेलाउदै त कहिले खुवाउदै हुन्थि। उनिहरुको धेरै जसो पारीबेस र रहनसहन हाम्रोसँग मिल्ने भएकाले केटी चाँही अली बढी म सँग घुलमिल हुन खोजेको जस्तो मैले महसुश गरेकी थिए। उस्को श्रीमानसँग "हाइ - हेल्लो" मात्र हुन्थियो मेरो।


सधैं झै म कामबाट फर्किदा उ आज पनि आफ्नी बच्चालाई खिचडी खुवाउँदै थिइ। मलाई देख्ने बित्तिकै उस्ले आज तँ बिजी छस भनेर सोधी। मैले त्यती छैन, किन र भन्ने। मेरो औषधी लिन जान थियो, तँ मलाई औषधी पसल सम्म लगिदिन्छस भनेर सोधी। आफ्नो नातागोता-छरछिमेकहरुलाई परेको बेलामा सकिन्छ भने हरहिसाबले सहयोग गर्नुपर्छ भन्ने मान्यता मेरो थियो। मेरो खासै काम पनि नभएकाले मैले पुराइदिए। फर्किदा गाडीमा मैले औषधी किनेको कुरा मेरो श्रीमानलाई नभन है भनी। मैले झट्ट किन र भनी प्रश्न गरें। उ भाबुक बन्दै गइ। आँखा भरी आँशु लिएर मलाई एकछिन गाडी पार्क गर्न भनी, मैले पनि सोही अनुसार गरें। आँसुका भेल बगाउँदै ५ मिनेट जती मज्जाले रोइ उ। अनी आँशु पुस्दै उस्ले भनी - "मेरो जिन्दगी बर्बाद भयो। मेरो श्रीमानले मेरो जिन्दगी बर्बाद गरिदियो।"


"किन के भयो र त्यस्तो? मैले जहाँ सम्मा तिमीहरुलाई बुझेकी छु, मलाई लाग्छ तिमीहरुको परिवार खुशी छ, सुखी छ, सम्पन्न छ। होइन र?" मैले सान्तोना दिने हिसाबले भने उस्लाई।


"होइन ! त्यो बाहिरी देखावोटी रुप हो हाम्रो परिवारको। म त एउटा चटक खेल्ने पात्र जस्तै बनेकी छु त्यो परिवारमा। चटकी मेरो श्रीमान !" उस्ले भनी।


एकछिन दुबै जना मौन भयौ। मलाई सार्है अफ्ठ्यारो महसुश भईरहेको थियो। के गरु कसो गरु भईरह्यो। उनिहरुको घरको कुरा- अझ भनु उनिहरुको व्यत्तिगत जीवनको कुरा मलाई किन भन्दै छे अहिले उस्ले। म को हो उनिहरुको यी सब यस्ता कुरा सुन्ने ? किन विश्वाश गर्छे मलाई उस्ले यसरी? आखिर के नै गर्न सक्छु र म उनिहरुको व्याथा सुल्झाउन?


"हामी सङ्गै स्कुल म पढ्थियौ। त्यतिखेर नै हाम्रो प्रेम बसेको थियो।" -मेरा मनमा उब्झिएका कयौ प्रश्नहरुमा हराइरहेकी म उस्को बोली फुट्न थालेपछी उही तिर केन्द्रित भएं।


"New york बाट पढ्न छात्रब्रिती पाएर यता सरेकी थिए म। १ बर्ष जती हाम्रो प्रेम प्रसँग चलिरहयो। त्यस्पछी उस्ले विवाहको प्रस्ताब रख्यो। मैले पढाई नसिद्दी नगर्ने भन्दा पनि उस्को जिद्दिले गर्दा हाम्रो विवाह त्यतिखेर नै भयो। त्यो अबधीमा हामी यती नजिक थियौं कि उस्लाई मेरो बारेका हरेक कुराहरु थाहा थिए अनी मलाई उस्का। तर विवाह भएपछी थाहा पाए उस्ले भनेका उस्का कुराहरु एउटा पनि साँचो रहेनछन। एक बर्ष जती हाम्रो बैबाहिक जीवन एकदमै रमाइलोका साथ बित्यो। हामी दुबैको स्कुल चलिरहेको थियो तर उ चाँही अन्तिम सेमिस्टरको अन्तिम तिर आइसकेको थियो। यतिखेर नै उस्ले अब काम खोज्न पर्ने तर Work Permit नभएकोले अफ्ट्यारो भएको भनी रहन्थियो। आफ्नो घरको समस्या सुल्झाउने सोचले र उस्की श्वासनी यस देशको नागरिक भएको हैसेतले मैले उस्को सम्पूर्ण कागजातमा सही गरिदिएकी थिए त्यतिबेला तर……..तर


क्रमश

Last edited: 23-Dec-09 10:34 AM
Read Full Discussion Thread for this article