Posted by: Poonte December 21, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
बिर्खे अकाल सैतानी बुढा का गाम हस्तिनापुर तिर, चैनी, हिम परो भन्नि खबर सुनेको अस्तिनै। बुढालाई हिम्ले पुरेर गाढी दिएनी हुन्थो भनेर प्राथना, चैनी, गरेको हो के रे। गणेशलाइ चढाको लड्डु पुगेन कि के हो, काल देखुन, चैनी, साँचेछन दैवले। तर बुढा त आयिस ले जमेछ।

मर्ने बेलाँ हरियो काँक्रो झैँ अरेर भित्र्याको उन्की बजै, चैनी, कस्सेकी रयिछे के रे। बुढालाई मिठो मिठो ख्वार, चैनी, टु~~~न्न सुन्नाछिन। हिम्ले जम्दा नि गल्बन्धी, टोपी, टिका लाइदेर, चैनी, श्रिङ्गार्न जानेकी कस्ती!

"ए, पातकी बुढा! फोटो खिच्दिम?" भन्दा हुँदी, चैनी, जमेको मुख नि ङ्ईच्च पारेर, चैनी, गमक्क फुल्दै हाँसेथे  ति "डि पि डि"... दुस्ट, पापी, धुर्त बुढा!

           
Last edited: 21-Dec-09 12:10 PM
Read Full Discussion Thread for this article