Posted by: chipledhunga December 17, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

तिमीले पनि म जस्तै माया गरेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर


चिसो सिमसिम पानी पर्दो बिहिबारे बिहानीको जदौ सबै गाम्लेहरुलाई।
चना ब्रो, नेपालीमा टाईप हान्ने बानी छुटे जस्तो छ, उपस्थिती बढाउनुपर्‍यो चौतरीमा।
ठुल्दाइ, महिला समूहको अनुपास्थितिले गर्दा पातलो चिया खान वाध्य भएकोले आन्दोलन गर्नु पर्‍यो। आज साँझ मसाल जुलुस, भोलि बिभिन्न स्थानमा कोण सभा, सोमबार दुई घण्टा चक्का जाम अनि मंगलबार बुधवार आम हड्ताल, कसो?
जिम्मालबा, धूर्ब्या पसलको पातलो चिया खानु भन्दा त घरमै तीनपाने खाए न्यानो हुन्थ्यो कि?
आँउदै गरेकालाई तारेमाम।      

Read Full Discussion Thread for this article