Posted by: Birkhe_Maila December 16, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

श्री श्री श्री श्री ७ लहरेन्द्र बिक्रम लाकौलेन्द्र का समिपमा चौतारीनगर मा सवारि चलाईबक्सिन यो भारदार श्री बिर्खेन्द्र बिक्रम आग्रह टक्र्याउँदछ। सरकार! सरकारको गाथमा चौतारी नगरको पोस्टो भनेर चिनिने ५-७ वटा महावाणीलाई यो तुच्छले मेटाइदिने जस्तो घृणित तथा राजद्रोही काम गरेकोमा यो भारदार आफूलाई अत्यन्त नगण्य ठान्दछ। सरकार, लोकसम्मतिकै आधारमा चौतारी नगरको शासनव्यवस्था चलाईबक्सने सरकारको कदममा यो भारदार सदा समर्पित रहिआएको कुरा सरकारको हजुरमा पटक पटक पेश गरेकै छु। सरकार हामि चौतारी राजाप्रासादका सम्पूर्ण भाई-भारदार, मन्त्रीगण, युवराज तथा युवराज्ञीहरु सरकारको दर्शनभेटको लागि अत्यन्त आतुर छौ! अत: आफ्नो प्रजाको हित तथा मुलुकको समृद्धीको लागि भए पनि सरकार आफ्नो शयनक्ष त्यागेर हामिलाई दर्शनभेटदिन सवारि चलाईबक्सनुहोस।


सरकार जो आदेश


चौतारी राजाप्रासादका लागि


भारदार बिर्खेन्द्र

Read Full Discussion Thread for this article