Posted by: chanaa_tarkaari December 14, 2009
माँ र द्यो माँ हरु !
Login in to Rate this Post:     0       ?        
एकै सासमा पढीयो,  दुष्ट स्वभावकै भए पनि मन्त्र जान्ने बुढीको दु:खद अन्त्य नमज्जा लाग्यो । कसैलाइ त्यस्तो भोग्न नपरोस जस्तो लाग्यो । क्रमश: को क्रम नटुटोस ।

बिर्खेले कोट्याएको कुरा चै गहन छ है । हुन त हाम्रा बिचारहरु हाम्रा भोगाइ र बुझाइका दर्पण हुन । "बोक्सी भनिनेहरुको जीवन, घोर अभाव, अनवरत तनाव, हेपाई, पेलाई, सामान्य भन्दा अलि भिन्न मानसिक स्थीती, जीवनमा गहिरो अपुग ईत्यादीले भरिएको जीवन पाएँ। यस्ता कुराहरुले वर्षौँसम्म खाईरहँदा अलिकता विक्षिप्त हुन पुग्दारेछन् र विक्षिप्तताको स्थितीमा उनिहरुले देखाऊने कृयाकलाप अरु सामान्य महिलाहरुको भन्दा भिन्न देखिन्छ ।"   तर मैले सम्पन्नता र रोवदोबपूर्ण जिन्दगी बाँचेका मानिस (बुढी महिला मात्र हैन तन्नेरी र पुरुष पनि) पनि बोक्सी भनेर आरोपित पाएको छु । किम्बदन्ति जस्ता लाग्ने तिनीहरुका अनौठो हरकतहरु देखेका मानिसहरुको सविस्तार बयान सुनेको छु । बिक्षिप्तता हो या नियति, तिनिहरुको मानसिक अवस्था असमान्य चाहि हो जस्तो लाग्छ । मन्त्रसाधना र शुद्धताको निमित्त तिनीहरुले गर्ने अन्धविश्वास वा आडम्बर जस्ता लाग्ने ब्यबहारहरु पनि देखेको छु । 

यसको मतलब के हो भने विद्या सिकेर बन्ने तथा आरोप खेपेर बन्ने दुइ किसिमका बोक्सीहरु हुन्छन । बिर्खेले इंगित गरेको दोस्रो प्रकार हो, जसलाइ हाम्रो समाजले ठूलो अन्याय गरेको छ, त्यसमा दुइमत नहोला । तर ठुल्दाइले ब्याख्या गरेको पहिलो प्रकारको हो भन्ने मलाइ लागेको छ । घरायसी दुश्मनीमा बदला साँध्न काम लाग्छ भन्ने भावना र आफ्ना वरीपरीका मानिसलाइ बिगार गरेरै तह लगाउने उद्देश्यले तन्त्रमन्त्र सिक्ने हरु छन चै छन है ।  कहिलेकाहि त्यो मन्त्रले काम गर्छ कि गर्दैन भनेर नजिकैका आफन्तलाइ बेफ्वाँकमा परिक्षण गरेर हेर्नेहरु पनि छन । यस्ता तन्त्रमन्त्रका कुरामा मैले देखेको समानता चै के हो भने तिनीहरुसित जहिले पनि केहि न केहि पदार्थ (जस्तो चामल, फुल, अविर, चिउरा, सुपारी, मसला, कपडा, आदि ) पनि जोडिएर आउँछन । त्यसैले मलाइ शंका के मा लाग्छ भने साँच्चिकै तिनको शक्ती तन्त्रमन्त्रमा छ कि अथवा त्यो पदार्थमा मिसाएको केहि चीजका कारण अनेक चमत्कारी असर देखिन गएको हो । वा यो साँच्चै अन्धविश्वास मात्रै हो त ? 

Read Full Discussion Thread for this article