Posted by: Birkhe_Maila December 14, 2009
माँ र द्यो माँ हरु !
Login in to Rate this Post:     0       ?        

एउटा कुरा नि-- मैले गाउँठाउँमा अनि काठमान्डुमा जति पनि बोक्सी ईत्यादी भनेर कुनै महिला वा वृद्धालाई भनिएको देखेँ, त्यो सबैमा एउटा समानता पाएँ। बोक्सी भनिनेहरुको जीवन, घोर अभाव, अनवरत तनाव, हेपाई, पेलाई, सामान्य भन्दा अलि भिन्न मानसिक स्थीती, जीवनमा गहिरो अपुग ईत्यादीले भरिएको जीवन पाएँ। यस्ता कुराहरुले वर्षौँसम्म खाईरहँदा अलिकता विक्षिप्त हुन पुग्दारेछन् र विक्षिप्तताको स्थितीमा उनिहरुले देखाऊने कृयाकलाप अरु सामान्य महिलाहरुको भन्दा भिन्न देखिन्छ (कहिलेकाहिँ बाहिरबाट हेर्दा सामन्या नै देखिए पनि)। सामान्य मानसिक स्थिती भएका मानिसहरुमा रहेको आश्था र बिश्वास, किंवदन्तीको मनभित्र गढेको गहिरो छाप, चलिआएको संस्कार र संस्कारसंग अझ गाडिएर आएको अर्को बिश्वास आदिले गर्दा, विक्षिप्त महिलाले देखाऊने कृयकलापसंगै सामान्य मानिसमा शायद डर उत्पन्न हुँदो हो। यस्तो डर, यस्तो बिश्वास कि सम्पूर्ण आश्थावानहरुको ठुलो समूहले नै आफ्नो डर हटाऊन वा कुनै अनिष्टसंग बँच्म 'बोक्सी'को संज्ञा दिएर एककिसिमले समाजबाट च्यूत गरिदिन्छन। पहिले नै विक्षिप्त महिला अब झन अनौठो कृयाकलाप गर्न थाल्छिन्। अब यसको अन्त्य कहाँ त? शायद यस्तै यो कथामा भए जस्तो एक्लो मृत्यू! चमत्कार गरेर अरुलाई बिरामी बनाऊन सक्नेले, आफ्नो परीवार, नातागोता सबै गुमाएर एक्लो मृत्यू मर्न पर्ने यथार्थप्रतीको बिश्वासतर्फ चाहिँ आश्थावानहरुको बिचार कहिल्यै गएन। कसैको बिश्वास र आश्थालाई कुनैपनि किसिमको प्रश्न नगरी यो कथाको अन्त्यले कथामा भनिएको बोक्सी बुढिप्रती मनमा नमिठो सहानुभुती र दया जागाएको छ।


बिश्वास र आश्थाले नै रोग ठिक गर्छ र बिश्वास र आश्थाले नै रोग निम्त्याउँछ। कुनै पनि आश्था र बिश्वासको सकारात्मक नतिजा आऊने समाज मात्र शिक्षित समाज हो। यहाँ धर्मको नाममा संहार गर्नेहरु पनि छन् र त्यहि धर्मको नाममा सम्भार गर्नेहरु पनि छन्।


थट प्रभोकिङ!!यो भागको अन्त्य साधारण शब्दहरुले कोरिएको छ, तर मजाले छोयो ठूल्दाई! अर्को भागको प्रतिक्षामा!

Last edited: 14-Dec-09 11:00 AM
Read Full Discussion Thread for this article