Posted by: bhakunde bhut December 12, 2009
तालिवानिकरणको दिशामा लम्केको नेपाल
Login in to Rate this Post:     0       ?        
अत्याधिक समय फाल्तु भएको कारण, कुनै लोक-कल्याणकारी कार्य गर्ने जमर्को गरेको छु । जसरी भानुभक्तले रामायण उल्था गरेर समाजको भलो गरेका थिए, त्यही महान कर्म अनुसरण गर्दै मैले 'खोइ के खोइ के' ज्यूले पोस्ट गर्नु भएको सामाग्रीलाई देवनागरी लिपीमा उल्था गरेको छु। मलाई विश्वाश छ मेरो यस कार्यले नयाँ पिढीमा समाजमा केही गर्ने उत्साह मिल्नेछ । साथ साथै यस अनुवाद दीर्घ समय पछी स्वर्ण अक्षरले लेखिने आशा गर्दछु। अनन्तकाल सम्म यो अनुवाद पाठ्यक्रममा समावेश हुने कुरामा दुविधा छैन।  

Although, I have read the sequences/comments of this article, I reserve my opinion and as a 'true translator.' I neither endorse nor reject the postulates presented here within. Just for the readability, I translated it into devnagari. So, I don't have any grudges or any emotional arguments whatsoever towards the article and the posters alike. I am glad such healthy debates, quiet not a commonplace, are being staged here in sajha.

//

खोइ के खोइ के लेक्छन् :

तपाईंलाई आफ्नो धारणा राख्ने पूर्ण  अधिकार  छ  र  तेही  अनुसार  तपाईंले तेस्को  प्रयोग  (सदुपयोग वा  दुरुपायोग  हो) , त्यो  आफ्नै ठाउँमा  छ  गर्नु भयो

जहाँ सम्म्म तपाईंलाई जाने बुझे अनुसार तपाईं  "राहुल्_भाइ" जी को समकालिन  .. भने पछी म भन्दा धेरै जेठो .. भने पछी तपाईंलाई   मैले जानेबुजेको पाको (अनर्थ नलागोस) वा सम्झे बुझेको ब्यक्ति भनठानेको छु .. तेही भएर तपाईं लाई मेरो केही जिज्ञासा छन् .. शायद मेरो अल्पज्ञान वा थोरै जीवन भोगाइ ले गर्दा मैले नबुझेको होला .. शायद मैले तपाईंबाट  बुझ्ने मौका पाउछु भन्ने आश गरेको छु ..
पहिलो प्रश्न के  भने किन  तपाईंलाई नेवा सम्बत् तेस्तो प्यारो  लाग्छ, के  म जान्न सक्छु?
(यस सम्वन्धमा मेरा अरु जिज्ञासा छन्  म पछी ब्यक्त गरुला)

दोस्रो कुरा के अहिले हामीलाई  नेवा प्रदेश को खांचो छ? नेवा प्रदेशले नेवार जाती लाई के  दिन सक्छ ..जुन  हामीले पाएका छैनौ  नेवार जाती जो पहिले देखि ब्यापार (bussiness) मा कहलिएका थिए .. राज्य  को के कुरा बाट थिचो मिचो मा परेको थिए वा कहाँ उनीहरुको  पहुंच भएको थिएन

के अहिले नेवा प्रदेश को सट्टा  हामी ले कथाकथित नेवार को उच्च जाती र कथाकथित नेवार को तल्लो जात बिच को खाडल  पुर्नु पर्ने को लागि आवज उठाउनु पर्ने होइन? के तपाईंले अहिले पनि  शाक्य, श्रेष्ठ वा  अरु शायद तेस्तै उपल्लो जाती का छोरा छोरी को बिहे  ज्यापू  जात वा पोडे जात वा अरु तेस्तै जात को छोरा छोरी सँग बिहे भाको थाहा छ?

मैले थाहा पाए अनुसार काठमाडौंको जमल गणेश भद्रकाली र शोभा-भगवतीको  पूजारी को काम तेही पोडे जात को गुठी बाट सन्चालन हुन्छ ..जब भगवानलाई तेस्को केही फरक छैन भने  किन अहिले  सम्म नेवार जाती ले त्यो खाडल पुर्न  सकेका छैनन

मलाई थाहा छैन तपाईं त्यसरी निर्धारण गरेको कुन जाती भित्र पर्नु हुन्छ तर मलाई तपाईं अमेरिका मा बसेर जिविकोपार्जन गर्न सक्ने भने  पछी पकै शिक्षित बर्ग मै पर्नु हुन्छ होला.. किन तपाईं जस्ता शिक्षित  ब्यक्तीले येस्को बिरोध गर्न सुरु   गर्नु हुन्न .. के हामीलाई नेवा प्रदेशको सट्टा त्यस्तो    खाडल  पुर्नु पर्ने होइन.. के नेवा  प्रदेश  भयो भने यो  जातिय  खाडल मेटिन्छ ?

मेरो बारेमा भन्नु पर्दा म स्वयम नेवार होइन तर मेरा धेरै नेवार मित्र छन  म गर्व गर्छु म नेवार टोलमा  हुर्केर काठमाडौं मा भएको जात्रा  र नेवारी परम्परा राम्रो सँग चिरपरिचित   हुन पाएर  राम्रो लाग्छ कि कसरी नेवारी जातीले  आफ्नो परम्परा जोगाइ रहेका छन
Last edited: 12-Dec-09 04:54 AM
Read Full Discussion Thread for this article