Posted by: chanaa_tarkaari December 11, 2009
जातीय स्वायत्त राज्य धमाधम घोषणा ???
Login in to Rate this Post:     0       ?        
Dineshk,

कसले खस हरुलाई कर्णाली र पहिलेको बिशाल नेपाल मा पर्ने कुमाउ जा भने ? कुन माइकालाल छ र नेपालमा तपाइहरुलाइ कुमाउ गढवाल पठाउन सक्ने ? तपाइहरु त एकपुस्ता अगाडि देखि बसाइ सरेर थलोठाँट बनाएको चितवनलाइ नै आफ्नो भनेर अड्डा गाढ्न थालिहाल्नु भो नि । त्यसो गरेर आज राजनीतिक खिचातानीबीच नागरीकता हत्याएका ३० लाख नव-नेपाली नागरीकलाइ एकपुस्ता पछाडि "समग्र तराइमा हाम्रो बहुमत छ, त्यो हाम्रो छुट्टै प्रदेश हुनुपर्छ" भन्ने बाटो खोलिदिइहाल्नु भो नि । क्याबात ।

तपाइ त नेपालको एकमात्र आदिबासि भनेका ने मुनि हुन भन्ने मान्छे, तपाइको बौद्धिकता देखिइहालियो नि, थप के कुरा गराइ भयो र ? तपाइका प्रज्वलनशील प्रश्नको उत्तर दिन खोज्नु बेकार छ । नेपालमण्डल सभ्यता बारे तपाइले कुरा बुझ्नु नै भएको छैन, त्यसैले तपाइले मल्ल राजाहरु कसरी नेवार बन्न सके, शाह राजाहरु कसरी बन्न सकेनन, यो कुराको भेउ पाउनु भएको नै छैन । सतहि कुरामै मात्र उफ्रने नै हो भने तपाइको मर्जी, तर तपाइ यहाँ उफ्रेर नेपाल सम्बत ११३० पोहेलाथ्व नवमिका दिन ओर्लने जनसागरको भेललाइ रोक्न सक्नु हुन्न । यति जानकारी राखिराख्नुस ।


Read Full Discussion Thread for this article