Posted by: Rahuldai December 11, 2009
Why so many Nepalis have their lastname "SHRESTHA" ?
Login in to Rate this Post:     0       ?        

चना दाई ले स्पष्ट पारी दिनु नै भयो यस बिषयमा। मैले जे लेख्न खोजेको थिएं , लेखी दिनु भयो । स्यस्य:  अर्थात श्रेष्ठ नेवार समुदायका अभिन्न अंग र संभवत किसान  समुदाय पछी जनसंख्याको हिसाबमा दोस्रोमा पर्नु हुन्छ। श्रेष्ठ समुदाय भित्र अनेक थर् र उपथर छन नै-  ब्राम्हण समुदायमा उपाध्याय वा शर्मा भित्र अनेक थर् भए जस्तै । श्रेष्ठ समुदाय भित्र मलाई जहाँ सम्म जानकारी छ - श्रेष्ठ, प्रधान, मास्के, राज भण्डारी ( मेरो हिसाब मा ब्राम्हण हुन ), अमात्य, बैद्य, पिया, चुके, भोछीभ्वय, ह्योजु, कोजु, माकजु , कर्माचार्य ( मेरो हिसाब मा तिनी पनि ब्राम्हण नै हुन), चंखेजु, बजिमय, पोते, बिजुक्छे, धुंजु , ध्वंजु र अन्य धेरै थर् हरु पर्दछन । मलाई भन्दा बढी चना दाई लाई थाहा होला।


श्रेष्ठ जताततै देख्नु र इर्ष्या ले जलेर मर्नु दृष्‍टि भ्रम हो । नेवार समुदाय भित्र पढेका लेखेका अनी गरी खाएका श्रेष्ठहरु भए पछी धेरै देखिनु स्वाभाबिक हो नै। इर्ष्या ले जलेर अनाप सनाप लेख्छ र बक्छ भने राम राम मात्र भन्न सकिन्छ। चनदाइ ले भनी हाल्नु भो - २००१ को इन्जिनियर्स एसोशियशन मा दर्ता भएका ७ हजार सदस्य मध्ये ७ सय भन्दा बढी श्रेष्ठ थर् का थिए। बाँकी नेवार समुदायको उपस्थिती न्यून थियो र त्यो स्थिती बद्लिएको छैन।


 
केही गैर स्यस्य: समाज का थर हरुले आफ्नो जाती र थर् को महिमा नबुझेर परिवर्तन गरेका छन, केही नव स्यस्य: हुन खोजी  रहेका छन । त्यो स्वाभाबिक हो र तीनको संख्या नगन्य छन ।
 

Read Full Discussion Thread for this article