Posted by: chhimobu December 11, 2009
What did Mr. Mishra said?
Login in to Rate this Post:     0       ?        

And here comes Mr. Mishra Again in Kantipuronline:


By: Rabindra Mishra


२०६६ मंसिर २६ - गत मंसिर २३ गते मेरो स्तम्भ नितान्त व्यक्तिगतमा छापिएको '(अ) बौद्धिक बेइमानी' शीर्षकको लेखबारे कर्ण शाक्य र गगन थापा दुवैका प्रतिक्रियाहरूलाई मैले अत्यन्त गम्भीरतापूर्वक लिएको छु । सो लेखमा मैले मूलरूपमा नेपालमा बौद्धिक चोरीलाई जुन सहजताका साथ लिइन्छ, त्यसो गरिन हुन्न भन्ने प्रसंगलाई उठाउन खोजेको थिएँ, जसमा अहिले पनि म विश्वस्त छु । सन्दर्भवस त्यसका मूल पात्र शाक्य र थापा बन्न गएका थिए । केही पाठकहरूले आशंका गरेझैं कुनै पनि हालतमा मैले उनीहरूबाट भएका राम्रो कामको अवमूल्यन गर्न खोजेको थिइनँ । सो कुरा सोही लेखमा पनि स्पष्ट पारिएको छ ।

नेताहरूमा निहित 'इगो' (अहां) कै कारण राजनीति र देशले दुःख पाइरहेको बेला, 'मै ठीक' भनेर बुँदागत विवाद गर्दै जानु अत्यन्त गलत हुन जान्छ । त्योभन्दा राम्रो, म शाक्य र थापा दुवैमा पर्न गएको चोटप्रति निशंकोच क्षमायाचना गर्छु । त्यसका तीनवटा कारणहरू छन्  पहिलो, शाक्य र थापा दुवै मेरा लागि सधैं ठूलो प्रेरणाका स्रोत रहिआएका छन् । यस्तै नेपालीहरू हुन् जसले 'नेपालीले नेपालकै लागि गर्नुपर्छ भन्ने म र मजस्ता अन्य कैयौंलाई निरन्तर ऊर्जा प्रदान गर्छन् । यो म अहिले मात्र भनिरहेको छैन । मैले मेरो लेखहरूमा लेखेको र कैयौं ठाउँमा बोलेको कुरा हो । त्यस्ता प्रेरणादायी नेपालीहरूलाई चोट पुर्‍याउँदा मलाई वास्तवमैं दुःख लागेको छ । भोलि उनीहरूको चरित्र बदलियो भने निश्चितरूपमा उनीहरूप्रतिको मेरो धारणा पनि बदलिनेछ, त्यो भिन्दै कुरा हो ।

दोस्रो, हाम्रो समाज कसैले आलोचना गर्‍यो कि प्रतिरक्षात्मक भइहाल्ने समाज हो । राजनीतिदेखि लिएर साहित्य र पत्रकारितासम्म बारम्बार त्यस्तो प्रवृत्ति व्यापकरूपमा देख्न सकिन्छ । धेरै मानिसहरू अझ आक्रामक र तिक्ततापूर्ण ढंगबाट प्रतिरक्षात्मक हुने गर्छन् । सार्वजनिक काम नगरी चुप लागेर बस्ने हो भने भिन्दै कुरा, सार्वजनिक काम गरिसकेपछि त्यसको प्रशंसा र आलोचना दुवै हुन्छ जसलाई सहजतापूर्वक ग्रहण गर्नपर्छ । लेख्नेले चाहेको लेखेपछि भन्नेले पनि चाहेको भन्न पाउनुपर्छ यद्यपि त्यो विषय र सन्दर्भभन्दा बाहिर नजानु राम्रो । त्यो नै सच्चा लोकतन्त्र हो ।

तेस्रो, अंग्रेजीमा एउटा भनाइ छ, 'जज योरसेल्फ थ्रु अदर्स आइज' अर्थात् आफ्नो मूल्यांकन अरूको आँखाबाट गर । मैले मेरो गत स्तम्भको मूल्यांकन शाक्य र थापाको आँखाबाट गर्दा, सम्भवतः सो विषय जुन ढंगबाट प्रस्तुत भयो त्यसरी नहुनुपथ्र्यो । कुनै पनि व्यक्ति सही र गलतको संगम हो । त्यो प्राकृतिक नियमबाट कोही पनि पर जान सक्दैन । कोही पनि व्यक्तिले सधैं सही काम गर्नै सक्दैन । त्यसमा पनि सकारात्मक सोचको अनुयायी भएकाले आलोचनालाई सहजताका साथ स्विकार्दा सानो भइँदैन भन्ने मेरो मान्यता हो । यस अर्थमा म पटक्कै प्रतिरक्षात्मक हुन चाहन्नँ । यसबाट शाक्य र थापामा रहेको तिक्तता पखालिनेछ तथा शाक्य, थापा र यो लेखकका बीच 'यस्तो विवाद नभइदिएको भए हुन्थ्यो' भन्ने शुभेच्छुक पाठकहरू पनि खुसी हुनुहुनेछ भन्ने मैले आशा लिएको छु ।'

Read Full Discussion Thread for this article