Posted by: serial December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

फुटेको सम्चार


अहिले भर्खर प्राप्त सम्चार अनुसार पुरे भनेर कुख्यात पुरे प्रशाद प्यारेलाल पुँई पुँई पुँइक्क यो अब को डेढ महिना मा लगन गाँठो बाध्ने लगभग निश्चित भएको छ। एती हुँदा हुँदै पनि बुझ पचार, लाज पचार सबै लाई बजै ले खोज्देपछी मात्र गर्ने भनेर चौतारी गाउँ मा हल्ला फैलाइरहेको छ।
अब प्रश्न यहाँ आउछ कि बिहा को सँग - आउ पत्ता लगाम -



हेलो हेलो - एकै छिन् दशकब्रिन्द - एउटा नयाँ सम्चार प्राप्त भएको छ। यो बिज्ञापन हो - कस्तो बिज्ञापन त - कस्तो भन्दा एस्तो - बिज्ञापन दिने ब्यक्ती हुनु हुन्छ हाम्रै माहिली बुढी मुर्कट्टा - कस्तो छ त बिज्ञापन लौ सुनौ।


गृह लक्ष्मी भएर घर चलाऊन जान्ने आफ्नो लोग्ने लाई देवता झै थान्ने एउटी केटी चाहिएको छ पुरे प्रशाद प्यारेलाल पुँई पुँई पुँइक्क लाई। हजुर ३२ लक्षण भएको कोही केटी भए तुरुन्तै माहिली बुढी लाई खबर गरी पुरे सँग बिहा गर्ने शुभर्ण अवसर नगुमाऔ।


पत्राचार ठेगाना
माहिली बुढी मुर्कट्टा
हस्तिनापुर
चौतारी गा बि स


अब हेर्नुस् त दर्शकब्रिन्द अब यो सम्चार पुरे को हुन लागेकी अर्धाङिनी को कान मा पुगे पछी उनको हाल के होला। पुरे ले एस बारे सोच्नु पर्छ कि पर्दैन। अवस्य नै पर्छ। अब को पुरे को कदम के हुने छ। एस बारे जान्न अर्को सम्चार को प्रतिक्षा गर्नुस्। अहिले लाई एती नै, क्यामरा म्यान राम्पुरे को साथ मा म चौतारी फुटेको सम्चार का सम्वाददाता लहरे कान्त लाकौल। धन्यबाद। 


  

Read Full Discussion Thread for this article