Posted by: chipledhunga December 9, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

जीवन यहाँ जता ततै अंगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भंगालिएको ब्यथा जस्तै
आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै


बुधबारे जदौ सबै गाम्लेहरुलाई।
आज त पुराना औतारिहरु टन्नै जम्मा भएछन् नि, निशपाट्, म्याड्स सुड्डा, र मुन्द्रे। कुरो मिलाएर आएको हो कि कसो?
पूरे, बाउचा र बिष्टेको ठामतिर कस्तो छ नि अहिले? होश् राख्नु हिउँ अनि कालो बरफमा।
बिष्टे, हवाईजहाज् त निक्कै चढ्दैछौ जस्तो छ। टन्न माइलेज बटुलेको होलाउ, झर्नु नि जाडा बेला यताहुँदी।
जिम्मालबा, हिंजो मौखिक शुभकामना दिम् भनी फुन हान्या थें, तीनपाने लडाउँदै हो कि तरुनी ताक्दै हो? हुलाक बाकस भरिभराउ भन्ने सन्ढेश् पो आयो त।
अनि रामेको पोस्टिङ् पढ्दा त जिम्मालबाको थुतुने किताबमै पनि त्यस्तै लेख्ने मान्छे जस्तो लाग्यो है।
रिट्ठे र ठुल्दाइ, बर्षा अझै तपाईंहरुको आँगनमा नाच्दै छिन् कि हिमानी उर्फ श्वेता नाच्न थालिन्? यहाँ भने हिंजो ग्रिश्मा आएकी थिइन् आज चाँही शीतल।
नाम छुटेका अरुलाई तारेमाम्।            

Read Full Discussion Thread for this article