Posted by: amricane December 7, 2009
Sagarmatha -- Nepal or China?
Login in to Rate this Post:     0       ?        

म भनु सगरमाथा कहाँ छ ? सगरमाथा मेरो बुवा ले लाउने ढाका टोपी को सिर मा छ, जब कुनै बिदेसी ले तेरो देस कहाँ छ भन्दा ,सगरमाथा को नाम सुनेको चस त्यो मेरो देस मा छ भनेर भन्दा ठुलो भएर फुल्ने मेरो छाती मा छ सगरमाथा । म अन्तरास्ट्रिय कानुन जान्दिन , भारत चीन ले कोरेको सिमान पनि मान्दिन , मैले पदेको सुनेको र मेरो पित पुर्खा ले गोरव साथ भनेको मात्र थाहा छ सगरमाथा मेरो देस मा छ ।
अन्तरास्ट्रिय कानुन भन्छ कुनै प्यालेस्टाइन भन्ने देस नै छैन तर दिन दिनै भुमी को लागि मरिरहेको कुनै प्यालेस्टानी भन्छ मेरो देस छ । मेरो मन मा छ । अब तिमी कानुन मन्छौ की भावना त्यो तिम्रो बिचार हो म त भावना को कदर गर्छु र भन्छु सगरमाथा मेरो देस मा छ भन्छु । 
भारत भन्छ तिस्टा कङदा त तेसको हो तर मैले मेरो एतिहास मा पदेको छु मेरो वीर पुर्खा ले जितेको हो त्यो ठाउँ म तेसलाई पनि मेरो मान्छु ।  अब मलाई पागल भन्छौ भने म स्विकार गर्छु तर सगरमाथा मेरो देस देसमै छ ।
हुन त पास्चत्य समाज ले भावना बुज्दैन , तिनी हरु लाई थोस् प्रमाण चाहिन्छ , तिमी लाई देखाउनु छ भने येस्तो सँग देखाउ की कसैले तिमलाई फेरी नसोधोस् कहाँ छ सगरमाथा भनेर । तिमी तिनी हरु लाई भावना देखाइ देउ । कसरी ? जसरी आइले मैले गरे शब्द बाट , तस्बिर बाट अनी कसैले सोद्दैन सगरमाथा कहाँ छ भनेर

जय नेपाल

Last edited: 08-Dec-09 12:11 AM
Read Full Discussion Thread for this article