Posted by: nakkali keti December 7, 2009
मेरो देश
Login in to Rate this Post:     1       ?         Liked by
मेरो देश

ऊ पर कतै पहिरो गएको पाखो
आशाको जुइनो फुस्किएको झोलुङेपुल
अनी समस्याहरुको उर्लदो भेल

साँझ कतै एक्लिएको बालकको क्रन्दन
अलपत्र भास्सिदै गैरहेको जवान स्पन्दन
अनी निराशाको बोझले चाउरीएको अनुहार

टुकी बालेर धुम्धुम्ती बसेकी बुढी आमै
भविष्य खोज्न हिंडेको हर्के
अनी सिरानी भिजाउने चिसा ओछ्यानहरू

तराई डाँडा काँडा हिमालले सजिएको ठाउँ
आफ्नैसँग अल्झिएर भीरबाट लडेको शान्ती
अनी बिचारै बिचारको कोलाहल

खेतालाको सम्पत्तिमा जमिन्दारको भाग बन्डा
चुपचाप तमासा हेर्ने तमासे
अनी एक्लै सुक्क सुक्क रोइरहेको मेरो देश

Read Full Discussion Thread for this article