Posted by: sano_kanchha December 7, 2009
Nepal vs India live
Login in to Rate this Post:     0       ?        
२०६६ मंसिर २२ - ४० मिनेट- सुशिल कुमारले प्रहार गरेको बललाई नेपाली
डिफेन्डर अञ्जन केसीले गोल लाइनबाट जोगाएका छन् । तुरुन्तै प्रत्याक्रमणमा
योगेशको प्रहार बाहिरिएको छ ।


३५ मिनेट- नेपालले गोल गर्ने राम्रो मौका गुमायो । अनिल गुरुङलाई फ्रि-हेडको अवसर, तर पोस्टको केही माथिबाट बाहिरियो ।


३३ मिनेट- नेपालले खेलाडी परिवर्तन गरेको छ । विजय गुरुङको स्थानमा योगेश श्रेष्ठ मैदानमा प्रवेश गरेका छन् ।


३० मिनेट- खेलले आधा घन्टा छोएको छ । बल अधिकांस समय मैदानको बीच भागमै रहेको छ । उल्लेखनीय मुभ बनाउन दुवै टिम असफल ।


२५ मिनेट- नेपाली गोलरक्षक विकास आफ्नो किट मिलाउँदै छन्
। उनलाई निर्देशन दिन गोलरक्षक प्रशिक्षक उपेन्द्रमान सिंह पनि मैदानमा
पुगेका छन् । नेपाली खेलाडी एक आपसमा सल्लाह गर्न ब्यस्त छन् ।


२० मिनेट- एक गोलले पछाडि परेको स्थितिमा नेपालले सम्हालेर खेल्न
सुरु गरेको छ । भारतका लागि गोल गर्ने खेलाडी बलवन्त सिंह । फ्रि-किक
प्रहार विकासले बचाएपनि फर्केको बेलमा गोल भएको हो । आधिकारिक निर्णय
पहिलो हाफको समाप्तीमा थाहा हुनेछ । 


 १८ मिनेट- उफ, नेपालले गोल खाएको छ । विकास मल्लको आत्मघाती गोल जस्तो देखिएको छ । नेपाल एक गोलले पछाडि परेको छ ।


१५ मिनेट- नेपाललाई पहिलो कर्नर प्राप्त । राजु तामाङको कर्नर शसत्त रहन सकेन । यसबीच कप्तान सागर थापाले पहेँलो कार्ड पाएका छन् ।


१० मिनेट- नेपालले विस्तारै आक्रमण बुन्न सुरु गरेको छ । जुमनु राईले
राम्रो मौका प्राप्त गरेका थिए, तर उनी चुके । भारतीय गोलरक्षककविरुद्ध वन
भर्सेस वनमा गोल गर्न चुके । राम्रो मौका गुमेको छ । अर्कोतर्फ पाँच सयको
हाराहारीमा बंगलादेशमा पढ्ने नेपाली विद्यार्थी रंगशालामा उपस्थित छन् ।


५ मिनेट- बल मैदानको बीच भागमा रहेको छ । दुवै टिम टिम समन्वय मिलाउन
ब्यस्त छन् । यसबीच नेपालका लागि अनिल गुरुङले पहिलो आक्रमण गर्ने प्रयास
गरे । तर यो शसक्त रहेन । नेपाली समर्थक पनि पर्याप्त मात्रामा रंगशालामा
उपस्थित छन् र उनीहरू खेलाडीको हौसला बढाउन ब्यस्त छन् ।


१ मिनेट- अन्ततः बहुप्रतिक्षित नेपाल र भारतबीचको खेल सुरु भएको छ ।
नेपालको एक खेलबाट एक अंक छ । भारतको भने तीन अंक छ । उसले अफगानिस्तानलाई
१-० ले हराएको थियो । भारतले यू-२३ टिम उतारेको छ ।
Read Full Discussion Thread for this article