Posted by: Deep December 4, 2009
Login in to Rate this Post:
0
?
उस्तै यो बिहान्, साँझ उस्तै
आउँदीन उ अचेल्, तैपनि म पर्खिन्छु सधै
उस्कै यी बाचा, बचन उस्कै
सम्झिन्न उ अचेल, तैपनि म बाँधिएकै छु अझै
उस्कै यो बाटो, टोल-छिमेक उस्कै
देखिन्न उ अचेल, तैपनि म हिन्दैछु अझै
उस्कै यी साथि, आफन्त उस्कै
पराया उ अचेल, तैपनि म चिन्दैछु अझै
उस्कै यो खाल, दाउ उस्कै
खेलाडी उ अचेल, तैपनि म बाजि थाप्दै छु अझै
उस्कै त्यो धनुष, बाण उस्कै
शिकारी उ अचेल, तैपनि म जिउदै छु अझै
*************
स्वस्ती गरें।