Posted by: Rahuldai December 3, 2009
माँ र द्यो माँ हरु !
Login in to Rate this Post:     0       ?        

माँ र द्यो माँ हरु


बाचुन्जेल मेरी ममतामयी माँ ( आमा)ले दु:ख पाउनु भयो । तै पनि छोरा छोरीको सुखको लागि धेरै गर्नु भयो । त्यो दुधको ऋण शायद नै तिर्न सक्छु होला। माँ सँग को केही स्‍मृतिहरु यस भन्दा अघी नै साझामा पस्की सकेको छु । हेर्नु होस् (http://www.sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=583)


र आज फेरी माँ को संझनामा फेरी केही स्‍मृतिहरुलाई शब्दाँकन गर्ने जमर्को गर्दै छु ।


 भोक र अभाव को लावा लस्कर सहित दु:ख हाम्रो घरमा डेरा गरेर बसेको धेरै दिन भैसकेको थियो । बुवा अस्पतालको सैय्यामा, ऐय्या भन्ने स्थितिमा पनि हुनुहुन्नथ्यो। हामी सानै थियौं । दाई १५-१६ बर्षको, म १० -११ बर्षको अनी भाई ६  बर्षको । बिबशताका यी दीन र दिनहरुबाट पार लाग्ने लक्षण दूर क्षितिज मा पनि देखिदैनथ्यो। डुब्नेको लागि परालको त्यान्द्रो को पनि साहारा हुन्छन भन्छन ।


माँलाई कसैले क्षेत्रपाटी तिर एक जना द्यो माँ हुनु हुन्छ, उसको गएर बेदना पोख्न सुझाव दिनु भए छ क्या रे , माँले मलाई एक दिन बिहानै द्यो माँ को जाऔं भन्नु भयो । १०-११ बर्षको यो राहुले लाई द्यो माँ को हुन भन्ने थाहा थिएन । माँले जाम भने सि संगै गैयो ।


द्योमाँ बस्नु हुने क्षेत्रपाटी स्थित घरको चोटामा एउटा ठुलै कोठा रहेछ। कुनामा एउटा रातो रङको गद्दी जस्तो देखिने आसन थियो । कोठाभरी भक्तजनहरुको भीड "फूल हाउस " भैसकेको थियो । माँ को सवारि भैसकेको थिएन । केही छिन मै माँ उपस्थित हुने जनाउ आयो । सबै सतर्क भए। द्यो माँ रातो पहिरन मा कोठामा पदार्नु भयो । चिनेजाने का लाई सन्चो बिसन्चोको खबर लिइ सोझै आफ्नो आशनमा बस्नु भयो। एक छिन आँखा चिम्म गर्नु भयो र शरिरमा अनौठो कम्पन देखियो । उपस्थित सबै जनाले द्यो माँको शरीर भित्र साक्षात देबीको अत्मा बिराजमान् भैसकेको माने र नतमस्तक भए।
द्यो माँले एक एक गर्दै अगाडि बढ्न संकेत गर्नु भयो । त्यो भीडमा एक परिवार काठमाडौ बाहिरका देखिन्थे। त्यती बेला द्यो माँहरुको जमघाटमा स्थानिय बाहेक अन्यत्रका हुन्थेन होला शायद । अचम्म मान्दै हेर्दै थिए । त्यो परिवारलाई द्यो माँको मा लिएर आउने शायद पुरानै भक्त हुनु पर्छ र अघी बढ्दै द्यो माँ समक्ष तिनको परिचय गराउनु भयो ।



" माँ , यिनीहरु धार्दिङ देखि आएका हुन, यिनको छोरा ४ दिन देखी बेपत्ता भएको छ । भोटे बहाल डेराबाट सोमबार अस्कल मा पढ्न निस्केको छोरा फर्केका छैनन ।"
" लौ तपाईं हरु आँफै भन्नुस् माँ लाई " भन्दै उक्त भलादमी ले धार्दिङ का ब्रिद्ध दम्पतिलाई माँ को अगाडि बस्न भन्नु भयो ।


छोरा बेपत्ता भएको बियोगमा ती दम्पतिको बोली फुटेन, बलिन्द्रा अश्रुधाराले नै सबै पीडा पोखी रहे ।द्यो माँले रोइरहेकालाई सम्झाउदै भन्नु भयो - "न रुनुस् , हुने भै हाल्छ" ।


"साह्रै ज्ञानी छोरो, पढाई मा गाउं भरकै अब्बल छोरो। शहरमा काका सँग पढ्न बसेको । निकै मेहनती छोरो । एस् एल सी मा बोर्ड सेकेन हो मेरो छोरो । हुने सम्म ठाममा, चिने सम्म ठाममा खोजी सकें । केही पत्तो लागेन माँ । कहाँ गएका होलान, के गर्दै होला? जिउदो छ कि छैन त्यती थाहा पाए हुन्थ्यो माँ "


सकी नसकी आमाको मुखबाट अपशकुण निस्के ।



" तिम्रो छोराले ४ दिन अघी नै जल समाधी लिइ सके, कहीँ खोज्नु पर्दैन, यही काठमाडौ मै छ । आज या भोली सम्ममा भेटिने छ ।"



द्यो माँको यो तितो शब्द सुनेर आमा बेहोस् हुनु भयो। कोलाहल मच्चियो । बल्लतल्ल होसमा आउनु भयो। छोरा गुमाएको आमा को पीडा प्रत्यक्ष महसुस गरें ।


न भन्दै उक्त ब्यक्ती को लाश रानी पोखरिमा तैरिएको भेटियो । प्रहरिले डेराको खानतलाशी लिंदा आत्महत्या गर्नु अघिको पत्र पनि फेला पारे ।


एस् एल सि मा बोर्ड सेकेण्ड आउने उज्वल विद्यार्थीले आत्मा हत्या गरेको खबर शहर भरी फैलियो ।



म भने, द्यो माँको भनाइ र त्यो रानी पोखरिमा तैरिएको लाश बीच को तार खोज्न थालें।


क्रमश :
 

Read Full Discussion Thread for this article