Posted by: chipledhunga December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
अपरान्हको जदौ।
दीप पर्भो, दोस्रो फोटोको उत्तर मिलाएकोमा बधाई छ र पुरस्कार स्वरुप भने जस्तो तरुनीको कहिले अभाव नहोस् भन्ने शुभकामना प्रदान गर्दछु।
बुद्धको सालीक भएको भैरहवाको उपरोक्त चोकलाई भने देवकोटा चोक भनिन्छ। तलपट्टी देवकोटाको सालीकका साथै बुद्धको सालीक तल देवकोटाकै शब्दहरु कोरिएका छन्।
यो रामपुरेले के मम ल्याएको हौ। बिष्णुमतिको फोहोर न फोहोर किनारमा काटेर, नछोपिकन पसलमा ल्याएको, पसल पनि उस्तै झिंगा भन्केको। फेरि मम पसलमा पनि ढलकै जस्तो देखिने पानीले भाँडा माझेको। हैजाले लग्ला है त्यस्तो खाए त। बरु यतै खान आम्।
            
Read Full Discussion Thread for this article