Posted by: perfectionist December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
ओहो ठुल्दाइ त्यो चाँही माफि पाउँ, बाटोमा हुँदा पछी गर्छु भनेको, त्याँ पुगेछी हत्तार हतार घुमेको घुम्याइ भो। एकैचोटी राती याद आयो, जिम्मालबा लाई सोधेको, एत्ती राती त नगरनु भने, अनी ब्यान गर्ने भन्दा भन्दै निस्किने बेला भै सक्या थ्यो, के भन्नु र।

हस्तिनापुरको घुमाइ त के भन्नु र, अनी जिम्मालबा र बज्यै नभा भे त हस्तिनपुर पनि जानु र आउनु मात्रै हुनी रइछ। यती धेरै कुराको डेब्यु भो कि भनेर भनी साध्य छैन, अस्ती सम्म त याद पनि थ्यो, हुँदा हुँदा यती धेर भो कि याद पनि हुन छाडयो भन्या।

सुरुमा भेट्दा के कस्तो होला भन्ने डरले सताइराथ्यो, भेटेछी छोडेर आउनै मन नभा नि! रात भर जुस खाएर गीत गाउँदै बसियो, ठुल्दाइ, पुन्टे दाई, चौतारीका अवतारिहरुको गफ-गाफ भो।

जिंगदीमा नदेख्या कुरोहरु देखियो।आधा ग्लास पानी पिउन समेत झन्डै ३ रुपैयाँ पर्‍यो, भनेर भनी साध्य छैन भन्या। कथा लेख्न आउँदो हो त ३-५ भागको कथा बन्थ्यो, क्यार्नु आउन्न र पो त
Read Full Discussion Thread for this article