Posted by: तिका: November 25, 2009
Stop this Gadimai mela- (disturbing image)
Login in to Rate this Post:     0       ?        
बुँदागत र ठाडो भाषामा कुरा राख्छु है

१) यदि गढिमाइ पर्वका दृष्यहरुले आतंकित पार्छ भने पत्रकार र क्यामेराम्यानहरुलाइ गढिमाइ पर्व स्थलमा प्रवेश निषेध गर्नु पर्छ - अनि यो विवाद सेलाउँछ । भातेहरु डलर पचाउन अनेक थरी कुरा गरेर बिबाद उछाल्दै छन ।

२) यो हाम्रो परम्परा हो, रोक्ने कुरै छैन, सक्छौ भने त्यहाँ गढिमाइथानमा आएर बिबाद गर, यहाँ सुकिलो लुगा लगाएर सभ्यताको गफ छाँटेर केहि हुनेवाला छैन । 

३) यो पर्वसम्बन्धि गलत कुराहरु प्रचार गरेर कमजोर पक्षलाइ बढाइचढाइ गरेर राम्रा पक्षहरुलाइ ओझेलमा पारेर विवादित र बदनाम गर्ने षडयन्त्र हुँदैछ । हाम्रा समुदायका मानिसहरुको अशिक्षित होलान, आधुनिक संचारमा पहुँच नपुगेका होलान, तिमेरुको नजरमा असभ्य होलान, तर हामी मुर्ख छैनौ, यो पर्व हाम्रो समाजको एक अंग हो, हाम्रो अध्यात्मको एक केन्द्र हो । 

४) माथि नोकुरोले राखेको फोटो गढिमाइ मेलाको दृष्य होइन । गढिमाइमा बलि चढाइने पशुको रगत पुजारी त्यसरी पिउने गरेको मलाइ थाहा छैन । 

५) यो पर्वलाइ अहिलेकै अवस्थामा चल्न दिनु भन्दा समयोचित सुधार गरेर ब्यबस्थित बनाउन सकिन्छ, जस्तो कि जथाभावि मैदानमा बलिदिनुको सट्टा एउटा ब्यबस्थित बधशाला बनाउने, भक्तहरुको भीड नियन्त्रण गर्न पालोको ब्यबस्था गर्ने, शुल्क लिएर अग्रीम बुकिंङ गर्ने, बलि दिने जनावरको स्वास्थ परिक्षणको ब्यबस्था गर्ने, बधकर्ताहरु लाइ मदिरा निषेध गर्ने,  आदि इत्यादि । सरकारी स्तरमा मेला ब्यबस्थान समिति बनाएर सबैलाइ सहभागि गराइ सकेसम्म जोखिम कम गराइ ब्यबस्थापन गर्न नसकिने कुरै छैन । हामी चौधरीहरु त्यस्तो सरकारी प्रयास भयो भने स्वागत अवश्य गर्ने छु ।  यदि यस्तोखालको केहि सुधारहरु गर्ने हो भने यो पर्व राष्ट्रको बृहत हितमा हुन सक्छ । यहाँ हुने  मेलाको आर्थिक पक्ष र त्यसबाट राष्ट्रले गर्ने सक्ने आम्दानीको सम्भावना धेरै छ, त्यो पनि बिचार गरौ ।  
Last edited: 25-Nov-09 04:47 PM
Read Full Discussion Thread for this article