Posted by: तिका: November 25, 2009
नेवा राज्यः सभ्यताको हाराकिरी by Saurav
Login in to Rate this Post:     0       ?        
कान्तिपुर र हिमाल खबर पत्रिका नेपालका चीरपरिचित बाहुनबादि पत्रिका हुन, त्यहाँ सौरभ जस्ताको "हाराकिरी"ले बिशेष स्थान पाउनु कुन ठुलो कुरा हो र ? राम मानन्धरले उक्त हाराकिरीको चिरफार गरेर कान्तिपुरलाइ पठाएछन, कान्तिपुरले जस्ताको तस्तै छाप्ने हिम्मत गरेन छन । मानन्धरको उक्त आलेख मेरो ठेगानामा नि बोधार्थ आएको थियो, तर अक्षरहरु गोलमटोल भएर पढ्न सकिन, फेरि पठाउन अनुरोध गरेको छु । अहिलेलाइ चैने कान्तिपुरले काँटछाट गरेर छापेको अंश यहाँ टाँस्छु -
------------------


'हाराकिरी’ को आतंक

'सौरभ' को लेख 'नेवा राज्य ः
सभ्यताको हाराकिरी' पढ्दा आनन्द आयो ।  पृथ्वीनारायण शाहले काठमाडौं हात
पारेपछि यहाँका पण्डितहरूलाई इन्द्रचोकमा भोज बोलाई जिउँदै आगो लगाई सामूहिक हत्या
गर्नुअगाडि यस्तै केही पढेर सुनाएको हुनुपर्छ । सुरुदेखि अन्तसम्म नेवार र नेवार
सभ्यताको गुणगान गर्न आधापृष्ठ खर्च गरिएको उक्त लेखमा लेखकको नेवारप्रतिको ममता,
आत्मीयपन र सम्मानभन्दा पनि प्रत्येक हरफमा काठमाडौं मोहको गन्ध आउँछ । ललाई फकाई
वा तर्साई २४० वर्षसम्म आफ्नो अधिनमा राखेर सर्वनाश गरिरहेको यो सानो नेवाः
क्षेत्रमाथि आफ्नो हैकम गुम्ला, सबैलाई निकाली नै देला भन्ने त्रास त्यसमा
पाठकहरूले महसुस गर्न सक्छन् ।

लेखकले नेवार इष्ट नहुने आख्यानलाई बिर्साउन
थोपर्नुभएको ऐतिहासिक प्रसंग र उपमातर्फ नजाऔं । तर यो घामजस्तै छर्लङ्ग छ, जब-जब
नेवारहरूले आफ्नो अस्तित्व र पहिचानको बारेमा सोच्नमात्र पनि थाल्छन्, तब-तब आफ्नो
केही नभएर सबैलाई आफ्नो भनेर हिँड्नेहरूको छाती भत्भती पोल्न थाल्छ । यो लेख पनि
त्यसै पोलाइको एक कडी हो । आजभोलि यस्ता लेखहरू खुब पढ्न पाइन्छ ।  लेखकलाई
अचानक नेवार सभ्यताप्रति श्रद्धा जागेछ र सबैमा नेवार र नेवारमा सबै देख्न थालेछन्


पृथ्वीनारायण शाहलाई काठमाडांै मन पर्नुअगाडि जो यस नेवाः प्रदेशमा आए
उनीहरूले कुनै जोड घटाउ नगरी यहाँको भाषा संस्कृति रहन-सहनलाई आफ्नो बनाए, उनीहरूले
यहाँको सुविधा भोग गर्न होइन, यहाँको सभ्यता संस्कृतिको संरक्षण गर्नमा आफूलाई
मेटाए, नेवार भइगए । त्यसपछाडि शाहवंशको कृपाले जो पनि आए उनीहरू आप्रवासी मात्र
भएर बस्न मन पराए । कम्युनिस्टहरूमा नेवारकी छोरी बिहे गर्ने होड नै चल्यो तर कुनै
ज्वाइँले आफूलाई नेवार बनाउन चाहेन, किन बनाओस् त जब उद्देश्य नै कसैगरी आफूलाई
काठमाडौंमा टँसाउनुमात्र थियो भने । अहिले नेपालमा संघीयताको

सवालले नेपाली
जनताको राजनीतिक चेतना, एक भाषा र एक जातिको संस्कृतिको दमनप्रतिको अस्वीकार र
आफ्नो जातीय पहिचानको इच्छासँगै मूर्त रूप लिन लागेको देखिन्छ । आजभोलि केही
तामाङहरूलाई तर्कहीन कुरा गर्न लगाएर नेवारहरूलाई चिढाउने र संघीयताविरुद्ध लाग्न
उक्साइरहेका छन् । त्यसैले त मगर राज्य बन्दा मगर सभ्यताको, मिथिला राज्य बन्दा
मैथली सभ्यताको 'हाराकिरी' हुँदैन नेवाः राज्य बने पछिमात्र 'हाराकिरी' को
आतंक छाउँछ ।

- राम मानन्धर

 

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=4963


Read Full Discussion Thread for this article