Posted by: तिका: November 25, 2009
माओबादी र एमालेले खस हरुलाई किन राज्य नाबाडेका होलान?
Login in to Rate this Post:     0       ?        
एमालेले किन खसहरुलाइ राज्य नदिया हो थाहा छैन, तर एमाले भनेको पहाडि बाहुनहरु हावि भएको पार्टि हो, कसै कसैले यसलाइ बाजेहरुको पार्टि भन्छन । यी बाजेहरु आफुलाइ ब्राम्हण भन्दिए मख्ख परेर फुल्ने, बाहुन भन्दिए झनक्क रिसाउने, खस भन्दिए त झनै हेपेकै ठान्ने मनोरोगले ग्रसित छन । यिनका बहुसंख्यक पहाडि बाहुन समर्थकहरुले बाहुन राज्य वा खस राज्य नमागेकोले त्यसबारे कुरा नउठाएको होला भन्ने मेरो अनुमान छ, नमाग्दै कुरा उठाए बचेखुचेका समर्थक पनि बिच्केला भन्ने डर भएको होला ।

माओबादिले खसहरुलाइ राज्य नदिया चैने प्रचण्डेको इच्छाअनुसार हो । मैले सुनेअनुसार माओबादिका खस नेताहरु जम्मै आफुलाइ खस भन्न भनाउन लाज मान्ने खालका मान्छे रहेछन । माओबादिको मिटिङमा देव गुरुङ, बादल, मातृका यादव हरुले खसान राज्य भनेर नामाकरण गर्न खोजेका रहेछन, तर प्रचण्डको बिशेष आग्रहमा त्यसलाइ बदलेर सेति महाकाली, कर्णाली जस्ता नाम राखियो । अरु सबै क्षेत्रमा जातको आधारमा नाम राख्न हुने, त्यहाँ मात्रै राख्न किन नहुने भनेर पनि कुरा उठेको रहेछ । तर बाठो प्रचण्डले त्यहाँ  जातीय आधारमा (हुन त उनले भाषिय आधारमा भन्न खोजेका होलान) एक र अर्को भेदभाव छैन, खाली उपल्लो र तल्लो जात यानेकि दलितको समस्या छ, त्यसैले अहिलेलाइ सेति महाकाली, कर्णाली जस्ता भेग जनाउने नाउँ नै उपयुक्त हुन्छ, खसान भनेर किट्न जरुरी छैन भनेर भन्देछन । प्रचण्डले त्यसो भनेसि, उनको कुरो काट्ने हिम्मत कसको ? 

पछि पछि पनि कुराकानीमा खसहरुको कुरो उठ्यो कि, प्रचण्डले - कमरेड यो खस भन्ने शब्दलाइ सकेसम्म प्रयोग नगरौं - भन्दा रहेछन । उनलाइ यो "खस" शब्द सित किन यस्तो एलर्जी हो, त्यो चाहि बुझ्न सकिएको छैन । हुन त अलि पहिलासम्म नि मधिसेलाइ मधिसे भने रिसाउने, भोटेलाइ भोटे भने रिसाउने, ज्यापुलाइ ज्यापु भने रिसाउने गर्थ्यो, अचेल चै जमाना फेरिया छ, मधिसेलाइ मधेशि, बाहुनलाइ ब्राम्हण, ज्यापुलाइ ज्यापु, भोटेलाइ किराँत, भन्दिनु पर्छ दङ्ग पर्छ । अलि समयपछि खसहरुले नि खस भन्दा खसालेको नभै सम्मान दिएको हो भन्ने महशुस गर्छन होला, अनि खसानको कुरो जोडतोडले उठ्छ, जरूर उठ्छ ।


Read Full Discussion Thread for this article