Posted by: Birkhe_Maila November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

लोल लोल लोल दीप!


कुरो यस्तो हो-


सिद्धिगणेश स्कुल अगाडिबाट मनाङ होटललाई दाहिने पारेर ठमेल तिर गैराको थेँ अस्ति,अलिपर सातघुम्तिनिर खुकुरिपसल नजिकै आईपुग्दा कसैले "ओ जिम्माल!" भनेर बोलाको सुने। यसो फर्केर हेर्या त लहरे बज्जे रेछ।
"कता अन्मरिइस ए लहरेका काल?" भनेर सोध्या त के जाति च्याटमा एउडि तरुनि भेटेछ बज्जेले तेइसित के जाति ड्याट छ भनेर जानला भनो।
"हन लहरे च्याटमा कुरो गर्नि तरुनि भेट्न पनि आउँछन र?" भनेर सोधेँ।
"हामि जस्तो ठिटोसित आम्छन तिमी जस्तो बुढोसित आम्दैनन" भनेर बाटो लाग्यो।
त्यसपछि त यो मनमा कल्याङमल्याङ कुरो खेल्न थालो। बैँशमा दायाँ-बायाँ जताततै तरुनि नै हुन्ते हेरि, अब अइले नि मन त चइन्जो बैँशालु नै छ, हेरि यो बैँशालु मन लगा'र केइ अर्नु परो भनेर तेसो अरेको त्याँसि के भो दीपले भनिहाले,दुख पाईयो!



हे राम्बादूर, तिम्रो सुचनाको उत्तर दिने सुचना-


हिजो प्रकाशीत भएको पुरेको दैनिकीमा लेखिएको कुराहरु कि त सिधा बुझ्ने कि त पुरै बाङ्गो बुझाइले गर्दाखेरि राम्बादुरले त्यो सुचना प्रकाशीत गरेको बुझिन आएको छ। सिधा बुझ्दाखेरि, दैनिकीमा केवल 'रेजर' मात्र भेटिने र पूर्णतया: बाङ्गो बुझ्दाखेरि केवल कथामा 'पूर्व न्वारन'को सिन खोज्ने मनस्थितीले गर्दा नै राम्बादुर उक्त सुचना टाँस्न बाध्य भएको देखिन्छ। हामि यो कुरा छर्लङ्ग पार्न चाहन्छौँ कि हिजोको दैनिकीमा प्रत्यक्ष तथा परोक्ष कुनै रुपमा पनि पुरेको जवानि/यौवन हनन भएको छैन। दैनिकी पढ्नेले पुरेले रेजर चलाएपछिको स्थितीमा केहि रिसोच गर्न पर्ने देखिन्छ। कथाको अन्त्यले एक पटक मात्र हैन पटक पटक राम्बादुरले खोजेको जस्तो कथा कहने बाटो खुलाईदिएको कुरा किन राम्बादुरले देख्न सकेन,हामि चकित मात्र हैन आश्चर्यचकित छौँ!

Read Full Discussion Thread for this article