Posted by: Birkhe_Maila November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
हे पापीहरुका पनि महापापी,मतिभ्रष्टहरुका पनि महामतिभ्रष्ट,कुलङ्घारहरुका पनि महा कुलङ्घार,पाखन्डिहरुका पनि महापाखन्डि पुन्टेन्द्र प्यारा परियार! प्लेगको वेगमा तडपिएकोले हैजाको कुरा गर्दा यस्तो लाग्छ मानौँ घोर समूद्रमा डुब्दै गरेकोले अरुलाई एक डाडु पानीमा डुबेर मर भन्दैछ। हे शैतानी शक्ती,हे दयनिय प्राणी,हे अधमहरुका पनि महाअधम, हे अधोमुखि प्राणी नेवरइन्डिङ (यसको संसकृत अथवा नेपाली भाषामा रुपान्तर गरेर बुझ्नु) चिन्तामा परेकोले चीतामा परेकाहरुको तस्विर खिच्ने कुरा गर्दा यस्तो लाग्छ मानौँ अग्लो भिरबाट खस्दै गरेकोले अर्कोलाई भर्याङ्को खुट्किलाबाट लड भन्दैछ। हे धरतीलाई बोझ,हे दैत्यहहरुको खोज,हे पिशाचहरुको भोज,तसविर हेरेर निद्रा खोज्ने अधमहरुले अरुले 'चिज' भन्दा हाँस्छन भन्ने धारणा तिमीले राख्दा यस्तो लाग्छ, मानौँ बाह्र वर्षे कोमामा परेको विरामीले राति एकछिन सुतेको बालकलाई मर्यो भन्दैछ।
लौ न कसैले यो जिउँदो लासको पउकार गर्देऊ!
हुहुहुहाहुहुहाहाहाहाहा...अवश्य पनि हामि हाँसेको देखेर यो मनुष्यलाई बि आर चोपडाको सिरियलमा रावण हाँसेको जस्तो लागेको हुन पर्छ। हुहुहुहुहाहाहुहुहुहाहाहाहा
Read Full Discussion Thread for this article