Posted by: Birkhe_Maila November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

 


पुरेले के गर्यो? (भाग-२)


टाढा पसल देखेपछि पुरे मोडमै टक्क अडियो। उसले शंका गरे जस्तै पसलमा भिड थियो। ऊ अलिकता अगाडि बढ्यो। पसलमा २ जना आइमाई,एउटा करिब ४-५ वर्षको बच्चा जुन शायद दुई मध्ये कुनै आईमाईका थिए र एकजना बुढा मान्छे थिए। ऊ पसल भन्दा केहि पर पसलका मान्छे जाने प्रतिक्षा गरेर उभियो।
"खुरुखुरु गएर किने पनि हुन्छ नि, म अलि धेरै डराउँछु!"
ऊ मनमनै आफैँसंग बात मार्न थाल्यो।
"के भन्लान यिनिहरुले फेरि, भर्खर त जुंगाको रेखि बस्या छ किन्न हतार भैसक्यो भनेर हल्ला गर्लान फेरि। यिनिहरु जाऊन अनि किन्छु। बेकारमा किन दुनियाँ हँसाऊनु!"
ऊ पसलतिर हेर्दै प्रतिक्षा गर्न थाल्यो।
पसलबाट एकजना महिला बच्चा डोर्याऊदै फर्किईन र पुरे नजिक पुगेर पुरेलाई हेर्दै भन्न थालिन-" हैन तिमी पुरे हैन,ठुलोमाड्सापको छोरा?"
पुरेले अक्मकाउँदै जवाफ दियो- "हजूर हो!"
"ल हेर कति कल्कलाउँदो भैसकेछौ....केहि किन्न आयौ कि?"
आईमाईको प्रश्न सुनेर पुरे भित्र भित्रै रिसायो।
"कल्लकलाउँदो रे,जो जे सुकै किन्न आएको होस,यो भैँसिलाई के को चासो!" मनमनै भनेता पनि प्रत्यक्षत: उसले भन्यो-"कापी किन्न आएको आन्टी!"
आन्टि गइन्। पुरे फेरि पसलतिर हेर्न थाल्यो।
अर्कि आईमाई गैसकेकि थिइन र अझै एउटा बुढो अवरोध पसलमा थियो।
ऊ बिस्तारै पसलतिर गयो। ऊ अब पसल भित्र प्रश्टसंग देख्न सक्थ्यो। पसलेसंग पसलेको स्वास्नी पनि रहिछिन्।
उसलाई अप्ठ्यारो लाग्यो। पसलेसंग त उसले लाज पचाउन सक्थ्यो तर पसलेकि स्वास्निको अगाडि उसलाई किन्न सक्छु जस्तो लागेन।
ऊ अलिकता निराश देखिन्थ्यो।
बुढो मानिस उसलाई टाउको देखि पैतालासम्म हेर्दै गयो।
ऊ पसलको नजिकै थियो र उसले केहि सोच्न नभ्याउँदै पसलेले उसलाई देखेर प्रश्न गरिहाल्यो-"के चाहियो भाई?"
उसले पुलुक्क पसलेलाई हेर्यो।
पसलेको स्वास्नी पनि उसैलाई प्रश्नवाचक दृष्टीले हेर्दै थिइन्।
उ अक्मकायो। मनमनै सोच्यो-
"यस्तोमा त किन्न सकिन्न, बरु बा कै लिएर गर्ने हो कि?...आबुई हुन्न बा ले थाहा पाए भने बरबाद हुन्छ!"
"ए भाई निदायौ कि के हो? के चाहियो भनेको?"
पसलेले फेरि उसलाई प्रश्न गर्यो।
"म्..म्..मलाई...साहुजी ग्लुकोज बिस्कुट एक बट्टा दिनुस न!"
हडबडाएको बेलामा उसको मुखबाट फुत्त 'ग्लुकोज बिस्कुट' निस्कियो।
पसलेले बिस्कुट दियो, उसले पैसा दिएर बिस्कुट लिएर अलि पर आयो, र आफैँसित भुन्भुनायो!"
"त्यहि कुरो माग्या भए नि हुनि नि, थुक्क म!"
ऊ अलि पर उभिएर बुगुल्टो बिस्कुट मुखमा हुल्दै मनमनै बोल्न थाल्यो।
त्यत्तिकैमा पसलेकि स्वास्नी पसलबाट निस्किएर उतातिर हिँडेको उसले देख्यो।
उसको साहस बढ्यो।
ऊ फेरि पसलतिर गयो।
पसले मुखभरि बिस्कुट चपाईराखेको भर्खर फर्केर गएको ग्राहकलाई देखेर वाल्ल पर्दै हेर्दै थियो।
पुरेले पसलमा हतार हतार यताउता आँखा डुलायो। केहिबेर पछि उसले आफूले खोजेको कुरो देख्यो।
उसलाई मुटुको धडकन बढ्न थालेको आभाष भयो।
"स्..स्..साहुजी!"
उसले अक्मकाउँदै बोलायो।
साहुजीले प्रश्नवाचक दृष्टीले ऊ तिर हेर्यो र सोध्यो-
"के चाहियो अब?"
पुरेले एकातिर दाहिने हातको चोर औँलाले देखाउँदै भन्यो-
"ऊ त्यो पाउँ त!"
बोल्नासाथ उसलाई शरीरभरी खल्खली पसिना आएको आभाष भयो।
पसलेले पुरेले देखाएको दिशामा हेर्दै साबुनको बट्टा छामेर सोध्यो- "यो भनेको?"
"हैन साउजि..त्यसको देव्रेपट्टि तलपट्टिको!"
पसलेले पुरेले देखाएको कुरा चिन्यो। अचानक खितितिति हाँस्न थाल्यो।
पुरेलाई झन अप्ठ्यारो पर्यो। उसको अनुहार पसले हाँसेको देखेर कालो भयो।
'यहि किन्न खोज्दा लाज लागेर अगि ग्लुकोज बिस्कुट किन्या हो भाई तिम्ले?"
पसलेलाई हाँसो थाम्न गाह्रो भैरहेको थियो। पसलेले भर्खर सोह्र सत्र वर्षको केटोको कुरो बुझ्यो।
"भाई तिमी केटाकेटि हैनौ अब,यत्रो जुङ्गाको रेखि बसिसक्यो, झुसे दाह्रि पलाई सक्यो, अब त लाठे भयौ लाठे, शानसंग घच्चिले मागेर किने हुन्छ, किन लाज मान्छौ। सबैले ठिटो भएसि गर्ने कुरा तिम्ले गर्न लाएछौ के को लाज?"
पसलेको कुरा उसको मनको कुरासंग मिले पनि उसको लाज र धक र डर भने झन बढेको थियो।
उसले पसलेसंग सामान लिएट हत्त न पत्त पैसा फाल्यो र लगभग दौडिएर त्यहाँबाट हिँड्यो।
पसले मुसुमुसु हाँस्दै पुरे गएको हेरिरहेको थियो।


(बाँकि भाग पछि)

Last edited: 24-Nov-09 02:07 PM
Read Full Discussion Thread for this article